गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा ‘आशुँको पोखरी ’ सार्वजनिक

इनेप्लिज २०७५ मंसिर १२ गते १२:२७ मा प्रकाशित

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा रहेको बास्तविक जिवनको पिडादायी जिवन भोगाईमा आधारित गीत ‘आशुँको पोखरी ’ सार्वजनिक भएको छ । आकर्षक रुपमा तयार भिडियो पारिएको गीतमा निकै मेहनतका साथ निमार्ण गरिएको छ । सत्य घटनामा आधारित रहेको भिडियो धोका र छल कपटमा आधारित रहेको छ । गीतमा मान्छेले आफ्नो स्वाथ पूरा गर्न के सम्म गर्न सक्छ भन्ने कुराको बारेमा रहेको छ ।

प्रेम, प्रेम पिडालाई समेटेर गीत निमार्ण गरिएको छ । एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई हरि थापाले लेखेका हुन भने रमेश परियारले लय सिर्जना गरेका छन । दुख पर्दाको अवस्थामा भगवान पुकार्दा पनि आफनी मायालुलाई नपाउदा गायक निकै भावुक बनेका छन ।

अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘आशुँको पोखरी ’ गीतको भिडियोमा सगुन शाही र दुर्गेश थापाको अभिनय रहेको छ ।

प्रतिक्रिया