बुधबार, असोज ६ २०७८
काठमाडौं २०:३९
वासिङटन डिसी 10:54

न्यायालयलाई मर्यादित बनाउनु पर्छ : महान्यायाधिवक्ता खरेल

इनेप्लिज २०७५ मंसिर १२ गते १२:३७ मा प्रकाशित

विराटनगर, मङ्सिर १२ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी सेवा सुविधा कम भयो भनेर गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रष्ट पार्नुभयो ।

महान्यायाधिवक्ता खरेलले सरकारले प्रदान गरेको सेवा सुविधाप्रति असन्तुष्टि भए माग गर्ने बाटो रहेको बताउँदै अनियमितता गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुुने छैन भन्नुभयो । रासस

प्रतिक्रिया