शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०८:४२
वासिङटन डिसी 21:57

झगडामा घाइतेको उपचारकै क्रममा मृत्यु

सञ्जय मित्र २०७५ मंसिर १२ गते १२:०३ मा प्रकाशित

गत मंसिर १ गते भएको झगडाका गम्भीर घाइतेको उपचारकै क्रममा मृत्यु भएको छ । गौर नगरपालिकाको वार्ड नम्बर ५ र ८ का स्थानीयबासीबीच आपसी विवादको कारणले भएको झडपमा गम्भीर घाइते एकजनाको मृत्यु भएको छ । झगडामा गम्भीर घाइते ५० वर्षीय बेदामी साहको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको हो ।

घाइतेको टाउकोमा गम्भीर चोट लागेर मस्तिष्कमा रगत जमेको र फोक्सोनजिकको हाड भाँच्चिएर भित्र छिरेकोले गत दश दिनदेखि उपचारमा संलग्न एलएस अस्पताल वीरगंजका डा. श्यामबाबु पटेलले भेन्टिलेटरमा उपचाररत साहको मंगलवार अबेर साँझ मृत्यु भएको बताएका छन् ।

मृतकको शवलाई घर ल्याएर अन्त्येष्टि गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया