भिटेनलाई स्टेजमै दुई पटक ढुंगा प्रहार, भिटेनले दिए यस्तो जवाफ (लाईभ भिडियो)

इनेप्लिज २०७५ मंसिर ११ गते २२:४३ मा प्रकाशित

पोखराको एक महोत्सवमा ¥यापर भिटेन माथी दुईपटक सम्म ढुंगा प्रहार भएको छ । उनले स्टेजमै गीत गाउँदै गर्दा दर्शक तिरबाट ढुंगा प्रहार भएको थियो । उनलका फ्यानले आईलब्यू भिटेन भन्दै चिच्चाईरहेका बेला एक्कासी ढुंगा प्रहार भयो, ढुंगा भिट्नको नजिकैबाट गयो तर उनलाई लागेन । ढुंगा प्रहार भएपछि कन्सर्टमा कोलाहल भयो, केही ठूला आजाव आए तर भिटेनले ढुंगा प्रहार गर्नेलाई नराम्रो शब्द प्रयोग गरेनन् ।

अहिलेका मानिसहरु बिग्रीन लागेको, चुरोट गाँजा खाने र के गर्न हुन्छ हुँदैन थाहा नभएको हुने कुरा उनले स्टेजबाटै भने । फेरी उनले सिमसिमे पानी गीत गाए । सिमसिमे पनि केही समय अगाडी बजारमा आउँदा उनी निकै आलोचित बनेका थिए । उनले सिमसिमे पानी गाउँदै गर्दा फेरी दोस्रोपटक ढुंगा प्रहार भयो । ढुंगा प्रहार भएको प्रत्यक्ष भिडियो क्यामरामा समेत कैद भएको छ । हेरौं यो भिटेन माथी भएको ढुंगा प्रहार ।

प्रतिक्रिया