ह्योल्मो भाषाको चलचित्र “मेतोक ” को टिजर सार्बजनिक

इनेप्लिज २०७५ मंसिर ११ गते २२:३२ मा प्रकाशित

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा ह्योल्मो भाषाको चलचित्रको टिजर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्येक्रमको बीच नेपाली चलचित्र ‘मेतोक’ले पत्रकार भेटघाट गरि चलचित्र युनिटको परिचय साथै चलचित्रको बारेमा जानकारी गराइएको छ । चलचित्र ‘मेतोक’ ह्योल्मो सांस्कृतिमा आधारीत एक प्रेम कथानक चलचित्र रहेको कुरा चलचित्रका नायक समेत रहेका निर्देशक ठिलेन लामाले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

चलचित्र मेतोकलाई निर्माता सर्किनी ज्याबा ह्योल्मोले निर्माण गरेकी हुन् भने चलचित्रको कथा ठिलेन लामाकै हो । आगत केसीको पटकथा तथा सम्बाद रहेको मेतोकलाई राम कुमार केसीले छायांकन गरेका हुन् । चलचित्रमा ठिलेन लामा ,ओमु निमा ह्योल्मो ,दावा दोर्जे ,डोमा ह्योल्मो ,छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको छ । ह्योल्मो भाषामा बन्ने चलचित्र मेतोकलाई डल्ले ह्योल्मोले अनुवाद गर्नेछन् ।
करीब आधा करोडको लागानीमा बन्न लागेको चलचित्रमा दावा डी. ह्योल्मोको संगीतमा चर्चित गायक राजु लामा ,तेन्जिङ ह्योल्मो र दावा डी.ह्योल्मो द्वारा स्वरवध गीतहरु रहेका छन् । चलचित्र मेतोकलाई सन्देश शाहले सम्पादन गर्नेछन् ।

मुख्य त नेपाली ह्योल्मो संस्कृति र भाषालाई प्रबन्धन गर्ने उदेश्यका साथ बन्न लागेको चलचित्र ‘मेतोक’ लोसारको अवसर पारि प्रदर्शनमा ल्याउन लागेको कार्येक्रममा जानकारी दिएका छन् | नेपाल तथा विदेशका विभिन्न स्थानमा समेत विशेष प्रदर्शन गरि चलचित्रलाई विभिन्न फिचर फिल्म अवाडको लागि समेत समाबेश गर्ने निर्माण टिमले जानकारी दिएका छन् ।

चलचित्र मेतोक सिन्धुपाल्चोकको हेलम्बु ,मुस्ताङ तथा काठमाडौँमा छायांकन गरिएको छ । यस बिच चलचित्रकी नायिका ओमु निमा ह्योल्मोको जन्मदिन पनि कार्येक्रम बीच मनाइयो । कार्येक्रममा मेतोकका निर्मात्री सर्किनी ज्याबाले IPHONE 7 PLUSलाई निर्देशक ठिलेन लामा मार्फत नायिकालाई जन्मदिनको उपहार स्वरूप हस्तातरण गरेका छन् ।

प्रतिक्रिया