योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू

इनेप्लिज २०७५ मंसिर ११ गते ११:२८ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ११ गते । सरकारले   श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गर्नुभयो ।

योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् ।उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण ९पेन्सन० समेत पाउने वातावरण पनि बनेको छ । रासस

प्रतिक्रिया