पोखरा पुगेर जवानीको कुरा गरे अशोकले

इनेप्लिज २०७५ मंसिर ११ गते ११:०८ मा प्रकाशित

पोखराको आदर्श महोत्सवमा अशोक दर्जी लगायत टंक बुढाथोकी, एआर बुढाथोकीको टीम आयो । अशोक दर्जीको लागी पोखरा नयाँ ठाउँ थिएन । यो पटक भने अशोक भिन्न तरिकाले प्रस्तुत भए । सायद अब अरुको साथमा होईन आफै हिम्मत लिन पर्छ भन्ने बुझेर होला स्टेजमा अशोकको बोलाईमा भिन्नता थियो अशोकलाई स्टेजको कुराकानीमा टंक बुढाथोकीका छोरा एआर बुढाथोकीले साथ दिएका थिए ।

स्टेजबाटै अशोकले कोही छ मेरो श्रीमतीबन्ने भनेपछि सबै छक्क परे । हिजो बच्चा छ अशोक केही थाहा छैन भन्नेहरुलाई स्टेजको सम्बाद सुन्दा अब अशोक दर्जी तन्नेरी भएछन् भन्ने कुरा प्रष्ट थाहा हुन्थ्यो । केटी साथी र श्रीमतीको कुरा सुन्दा एआर बुढाथोकी घरी–घरी भुईमा ढल्थे । हेरौं यो अशोक दर्जीको भिन्न खालको स्टेज शो ।

प्रतिक्रिया