डिसीमा यम बराल सांस्कृतिक साँझ यसरी सम्पन्न

विजय थापा २०७५ मंसिर ११ गते १:३८ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्र को भर्जिनियामा यम बराल सांस्कृतिक साँझ सम्पन्न भएको छ । नेपालबाट एक महिने कार्यक्रममा अमेरिका आई पुगेका बरालले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाको आयोजनामा भएको उक्त साँस्कृतिक साँझमा आधा दर्जन भन्दा ज्यादा गीत प्रस्तुति गरेका थिए ।

उनले गीत सुरु गर्नु अगाडी आफू केही बर्ष अमेरिका बसाई गरेता पनि हाल आफू मातृभूमिमा बिताई रहेको बताएका थिए । गत नोभेम्बर २४ दिनभरि झरी तथा जाडो मौषममा पनि उनले साच्चै नै डिसी तताउनु को साथै दर्शकलाई नचाएका थिए । उनले उपस्थित आफूले चिनेका सबैलाई सम्झिदै नाम लिएका थिए भने आयोजक ईनासलाई धन्यवाद दिएका थिए ।

उनले आफ्नो प्रस्तुति निष्ठुरी छोडेर गईहाली बाट सुरु गरेका थिए । त्यस पछि अन्य गीत संगै बादलुको घुम्टोले ईलाम बजार लगायत गीत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा स्थानीय कलाकार रिता श्रेष्ठ तथा अर्जुन घिमिरेले गीत प्रस्तुत गरेका थिए ।

उक्त सांगीतिक साँझमा पासा ब्याण्डका तर्फबाट आशिस बादेल ,प्रविन कार्की ,अनज श्रेष्ठ तथा सुगन्ध श्रेष्ठ तथा फ्युजन ब्याण्डको तर्फबाट अनिल तिमिल्सिना ,राजन अधिकारी ,अर्जुन घिमिरे ,नेत्र घिसिङ्ग तथा आनन्दु लामाले गीत तथा बासुरी प्रस्तुत गरेका थिए ।साथै रिता श्रेष्ठले यम बराल संग युगल गीत गाएकी थिइन्

लामो समय पछि यम बरालको डिसी क्षेत्रमा प्रस्तुति रहेको थियो । कार्यक्रममा बराललाई सम्मान गरिनुको साथै हालसालै भर्जिनियाको हर्नडन शहरको नगर परिषद सदस्यमा बिजयी भएका प्रदिप ढकाल तथा दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा ईनासका अध्यक्ष आनन्दु लामाले धन्यवाद ज्ञापन तथा ईनास अमेरिकाका लागि क्षेत्रीय संयोजक हरि शर्माले बोलेका थिए । कार्यक्रम संचालन रमेश मैनालीले गरेका थिए । कार्यक्रममा डिसीको एक्रुअल एकाउनटिंग इन्कको पनि सौजन्यता रहेको थियो ।

तस्बिर : राजीव श्रेष्ठ

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया