शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:११
वासिङटन डिसी 11:26

डीसी क्षेत्रमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि बिशेष कार्यक्रम हुने ,सहभागिताको लागि आव्हान

विजय थापा २०७५ मंसिर ११ गते ०:१६ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटनमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि बिशेष कार्यक्रम हुने भएको छ । मानव अधिकार र सामाजिक न्यायको लागि “अधिकार” भन्ने मुख्य नारा बोकेको न्यू योर्क स्थित सामाजिक संस्था अधिकारको पहल तथा अधिवक्ता बन्दिता शर्मा दाहालको साथमा टिपीएस(अस्थाई सुरक्षित दर्जा)सम्बन्धि महत्वपूर्ण कार्यक्रम आगामी डिसेम्बर १ तारिख शनिबार हुने भएको छ ।

भर्जिनियाको आर्लिंगटन स्थित आर्लिंगटनको केन्द्रिय पुस्तकालयमा बिहान १० बजे देखि १२ बजे सम्म कार्यक्रम हुने छ । टिपीएस(अस्थाई सुरक्षित दर्जा) का विकल्पहरु के के हुन् सक्छन ? यस्का लागि स्थाई समाधान कसरी गर्न सकिन्छ ?

यस्तै बिषय लगायत अन्य जिज्ञाशाहरु समेतलाई समेट्ने र जानकारी दिने उद्धेस्यले आयोजना हुने उक्त कार्यक्रममा अधिकारका प्रतिनिधि तथा अधिवक्ता बन्दिता शर्मा दाहाल संग प्रत्यक्ष रुपमा कुराहरु सुन्न पाइने र आफ्ना कुराहरु समेत राख्न पाइने छ ।

आयोजकका तर्फबाट यसै मार्फत यो सुबिधा प्राप्त गरेकाहरु लगायत अन्य कसैको जिज्ञाशा रहेमा उपस्थितिको लागि सबैमा आग्रह गरिएको छ । प्रवेश शुल्क नि:शुल्क रहने छ भने यहाँहरुका टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) सम्बन्धि कुनै पनि जिज्ञाशा रहेमा उपस्थिति हुन् डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई अनुरोध गरिएको छ ।

कहिले ? डिसेम्बर १ ,शनिबार
समय : बिहान १० बजे देखि १२ बजे सम्म
कहाँ ? Arlington Central Library ,1015 N Quincy St,Arlington VA 22201

प्रतिक्रिया