मंगलबार, साउन २४ २०७९
काठमाडौं २३:४०
वासिङटन डिसी 13:55

थ्याङ्क्स गिविङमा भूटानी समुदाय शार्लोट द्वारा मेन्स सेल्टरका घरबार विहिनलाई भोजन प्रदान गर्यो |

इनेप्लिज २०७५ मंसिर १० गते २३:०८ मा प्रकाशित

 

नोभेम्बर २२, बिहीबारको दिन, प्रभात अलिक चिसोनै भए पनि – सूर्यको आफ्नो किरणले शार्लोट कति घमाइलो थियो, उता थ्याङ्क्स गिविङको रमाइलो परेड, अनि यता शार्लोट समुदाय मनमा सहयोग, प्रेम अनि सद्भावनाको पोको लिएर मेन्स सेल्टरका घरबार विहिनलाई भोजन प्रदान गर्न मुस्कान लिएर उपस्थित भएका थियो | त्यो माहोलमा मेन्स सेल्टरका घरबार विहिन वासिन्दाको अवस्था देख्दा हामी आफैले – आफैलाई धेरै भाग्यमानी ठान्नु पर्दछ भन्ने भान सबैलाई भयो | त्यो घरबार विहिन अवस्थामा भएका कति असहायको नाजुक परिस्थिति देखेर त मन भक्कानिएर आयो अनि आखाँ रसाएर आयो |

भूटानी समुदाय शार्लोटको गैर सरकारी संस्था (नन् प्रफिट), बि. सि. ए. सि. द्वारा मेन्स सेल्टर शार्लोटका लगभग २५० निवासी/अतिथिहरु लाई थ्याङ्क्स गिविङको अवसर पारी नोभेम्बर २२, २०१८ बिहिबार को दिन एक भव्य दिवा भोजन आयोजना गर्यो। उक्त शुभ कार्यमा स्वयं सेवकको रूपमा शार्लोट र हाईप्वैन्ट वासी २८ जना पूर्व भुटानी शरणार्थीहरू सरिक भएका थिए।

उक्त कार्यक्रम बि. सि. ए. सि.का बर्तमान अध्यक्ष हस्त प्रधानले दुवै शहरका नजिकका मित्रहरूको साथ लिई संयोजानको सुरुवाद गरेका थिए। “पुनरवासको क्रममा यस शहरका बासिन्दाले गाँस, बास र कपास उपलव्ध गराउँदै स-हृदय स्वागत गरी आफूलाई लगभग दुई दशक सम्म देश र घरवार विहिन अवस्थाबाट मुक्ती दिलाउने यस शहर का वासिन्दालाई एक दिनको छाक पूरा गरिदिनु पाउदा भूटानी समुदय शार्लोट धेरै गौरव ठान्दछ । यस्ता उपकारी कार्यक्रमले मानवीय भावनाको जागरूक गराउनका साथै भावी पिंडीलाई यस किसिमको जिम्मेदारीको विकाश गराउदै एक सभ्य समाजको निर्माण गर्न सगाउँछ” भन्नू हुन्छ श्री प्रधान। यस्ता कार्यक्रम किन गर्न जरुरी छ भन्ने प्रश्नमा अध्यक्ष प्रधान खुलाउनु हुन्छ – “आफ्नो समाजलाईयस्तो मानव कल्याणकारी कामको लागि प्रोत्साहन गर्दछ, विभिन्न समाज संग भ्रात्रित्वको विकाश गर्दछ, यस्तो कार्यले आफ्नो समाजलाई पहिचान दिन सघाउछ, सहि दिशानिर्देशको अभावमा अल्मलिएका युवा युवतीहरूलाई मार्ग-दर्शन गर्दछ, एक सिङ्गो सभ्य समाजको निर्माण”|

उक्त कार्यक्रममा कलाकार सुबाश जी. तामांगले यस्ता कार्यक्रमले मनमा शान्ति मिल्ने र सधै आफ्नो लागि मात्र सोच्ने हाम्रो समाजले जीवनको सहि अर्थ पनि बुझ्ने बताउनु भयो| बि. सि. ए. सि. का वर्तमान सचिब ओम अधिकारीले यस्ता कार्यक्रम भावी पिडिका लागी राम्रो उदाहरण बन्नेकुरा जनाउनु भयो | कार्यक्रममा सहयोग गर्नका लागी बि. सि. ए. सि.का ट्रेजरर् मित्र कोइराला, त्यसरीनै खेम खड्काले राम्रो भूमिका खेल्नु भएको कुरा अध्यक्ष प्रधानले हामीलाई जनाउनु भयो|

फोटो स्रोत : बि. सि. ए. सि. फेसबुक पेज

 

 

 

प्रतिक्रिया