शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०७:३६
वासिङटन डिसी 20:51

उखुघारीमा एकजनाको लास

सञ्जय मित्र २०७५ मंसिर १० गते १२:२६ मा प्रकाशित

रौतहटको वृन्दावन नगरपालिकामा एकजना पुरुषको शव भेटिएको छ । नगरपालिकाको वार्ड नम्बर ८ आँकडपाथर टोलको उत्तरपटि करिब एक किलोमिटर टाढा उखुबारीमा एकजना अपरिचित पुरुषको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय गरुडाका सहायक प्रहरी निरीक्षक सुरेशकुमार गुप्ताले नचिनिने अवस्थामा उखुघारीमा एकजना करिब ५५ वर्षीय पुरुषको शव भेटिएको जानकारी गराएका छन् । सोमवार साँझसम्म सनाखत हुन नसकेको र शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ ।

गत कात्तिक महिनामा एकै दिन गरुडा र माधवनारायण नगरपालिकामा दुई युवकको शव भेटिएको थियो । ती दुवैजनाको पनि पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया