आउट भएपछि आगामी आउने दिनको भित्री योजना खोलिन् । (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर ९ गते २३:३८ मा प्रकाशित

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’मा उत्कृष्ठ १६ जना प्रतिस्पर्धी तयार भएका छन् । अघिल्लो हप्ताको प्रस्तुतीपछि दर्शकले पठाएको भोटका आधारमा कम भोट पाएपछि कोच दीप श्रेष्ठको टिमबाट एनी श्रेष्ठ र कोच अभयाको टिमबाट आशा कुवँर बाहिरिएपछि उत्कृष्ठ १६ जनाको टिम तयार भएको हो ।

अब उक्त १६ जनाले सेमीफाइनलका प्रतिस्पर्धा गर्नेछन् । जसअन्तरगत कोच प्रमोद र कोच सनुपको टिमबाट दुईदुई जनाले शनिबार आआफ्नो प्रस्तुती प्रस्तुत गरिसकेका छन् ।

लाइभ राउन्डमा प्रवेश गरेपछि प्रत्येक दिन प्रस्तुती दिएका आआफ्नो टिमका तीन जना प्रतिस्पर्धी मध्ये उत्कृष्ट एक जनालाई कोचले सेभ गर्थे भने बाँकी दुई जनालाई भोटिङका लागि दर्शकसामु छोडिदिन्थे । तर, उकृष्ठ १६ मा प्रवेश गरेसँगै अब कसलाई राख्ने र कसलाई प्रतिस्पर्धाबाट बाहिर पठाउने त्यो दर्शकको भोटले निर्धारण गर्नेछ ।

उकृष्ठ १६ प्रतियोगीहरुमा टिम दिपबाट राजु, सिडी बिजय, विवेक वाईवा र स्वेच्छा, टिम अभयाबाट विवेक, कुशल, श्रेया र अनु, टिम सनुपबाट सप्तक, शैलेश्वरी, सन्तोष र विद्या र टिम प्रमोदबाट सुरेखा, श्रृजय, आशिष र सुशिल पर्न सफल भएका छन् ।

प्रतिक्रिया