ताजा समाचार :अमेरिका छिर्न लागेका माथि अश्रु ग्यास प्रहार ,अमेरिकाले सान डिएगो बन्द गर्यो
मध्य अमेरिका बाट अमेरिकन सरकारलाई शरणार्थी बन्न आग्रह गर्दै लामो दुरी पार गर्दै अमेरिकाको सीमा क्षेत्रमा आएका आप्रवासीहरुलाई अश्रु ग्यास प्रहार गरेको छ । बालबालिका तथा पुरुष महिलाहरु चिच्याउदै कराउदै उक्त सीमा छिर्ने स्थान बाट भागेका छन् ।
साथै आप्रवासी ठूलो जमात अमेरिका छिर्न लागे पछि अमेरिकी सीमा शुल्क तथा सीमा सुरक्षाले सबै भन्दा ठूलो सिमा भूमि भएको प्रवेशद्वार आइतबार बन्द गरेको छ । सान डिएगो तथा मेक्सिकोको तिवहाना प्रवेश द्वार तथा सडक पैदल यात्रीहरूलाई समेत बन्द गरेको छ ।
मध्य अमेरिकन आप्रवासीहरूको समूह मेक्सिको सीमाको शहर हुँदै संयुक्त राज्यमा प्रवेश गर्न चाहेकोले अमेरिकाले बन्द गरेको हो । अमेरिकी जनरल सर्भिस एडमिनिस्ट्रेशनका अनुसार, आइतबार त्यहाँ आई पुग्दा थप प्रदर्शनहरू एकत्रित हुने योजना बनाइएका थिए भनि उल्लेख गरेको छ ।
उक्त हुलले संघीय तथा स्थानीय मेक्सिकन अवरोध प्रहरीलाई आच्छु आच्छु पारेका छन् । र उनीहरु अमेरिकन सीमा क्षेत्रको नजदिक तिवहानामा पुगेका छन् । उक्त हूलमा पुरुष ,महिला तथा धेरै बालबालिकाहरु पनि रहेका छ भनि स्वन्तन्त्र पत्रकारले मेक्सिकोबाट लेखेको कुरा सीएनएनमा समाचार छ ।
पुल तथा यात्रु हिड्ने सिमा क्षेत्र पनि दुवै क्षेत्र बन्द गरिएको छ । आप्रवासीहरु रेल बाटो नाघ्दै पोतभार (कार्गो)भएको तर्फ लागेको त्यहाँका पत्रकारले जनाएका छन् ।
संचार माध्यमका अनुसार अतिरिक्त सीमा सुरक्षाकर्मीहरु दुवै देशमा तैनाथ गरिएको छ ।
तस्बिर श्रोत “कमनड्रिम्स डट ओर्ग
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया