अष्ट्रियामा अन्तरराष्ट्रिय बालदिवस

बाबा राजेश्वरी थापा ढकाल २०७५ मंसिर ९ गते २१:४४ मा प्रकाशित

 

भियना, अष्ट्रिया ।अन्तर राष्ट्रिय बालदिवसको उपलक्ष्यमा अष्ट्रियाको राजधानी भियनामा नेपाली समुदायले भव्यताका साथ बालदिवस मनाएका छन् । भियनामा स्थायी बसोबास गर्ने बालबालिकाहरुले सामूहिक रुपमा नेपाली राष्ट्रीय गानबाट शुरु गरेका थिए ।

उक्त कार्यक्रममा बालबालिकाहरुले नेपाली संस्कृत झल्काउने विभिन्न नृत्य र गीत संगित प्रस्तुत गर्नुको साथै आफुमा रहेको क्षमता प्रदर्शन गरेका थिए। पाँच वर्षीय बालिका इप्सा बिमलीले संस्कृत भाषामा गायत्री मन्त्रको श्लोक वाचन गरेर उपस्थित सबैलाई चकित तुल्याएकी थिइन ।

नेपालबाटै संस्कृत भाषा लोप हुदै गइरहेको अवस्थामा भियनामा जन्मिएर ५ वर्षको उमेरमा संस्कृत भाषाकै गाह्रो गायत्री मन्त्र जप गरे पछि उनको प्रतिभा देखेर नेपाली समुदायले मुक्त कण्ठले प्रसंशा गरेका थिए ।

 

प्रतिक्रिया