बुधबार, माघ १२ २०७८
काठमाडौं २२:३९
वासिङटन डिसी 11:54

राष्ट्रपति ट्रम्प अधिकारीको घेरामा

यादवराज जोशी २०७५ मंसिर ९ गते २:०७ मा प्रकाशित

राष्ट्रपति ट्रम्प सल्लाहकार र ह्वाईट हाउसका उच्च अधिकारीको घेरामा फसेको मंगलबार सार्वजनिक हुने पुस्तक “ट्रम्प इन्मिजः हाउ द डिप स्टेट इज अन्डरमाईनिड. प्रिसिडेन्सी”मा उल्लेख गरिएको छ । ट्रम्पलाई असफल बनाउन ह्वाईट हाउस, कंग्रेस, डिपार्टमेन्ट अफ जस्टिस साथै इन्टेलिजेन्स एजेन्सी सक्रिय रहेको ट्रम्प इन्मिज उल्लेख छ ।

दुई सय ८८ पृष्ठ लामो पुस्तक “ट्रम्प इन्मिज” ट्रम्पको चुनावि अभियानको संस्मरण पुस्तक “लेट ट्रम्प बि ट्रम्प” को सिक्वेल हो । “लेट ट्रम्प बि ट्रम्प” गत वर्ष प्रकाशनमा आएको थियो ।

लामो समय ट्रम्पको सल्लाहकारको रुपमा काम गरेका दुई पुर्व सल्लाहकार कोरी आर लेवान्डोस्की र डेभिड एन बोसीले लेखेको उक्त पुस्तकमा तिनीहरुलाई “राष्ट्रपति ट्रम्प नजिकका दुस्मन”को संज्ञा दिईएको छ । लेवान्डोस्की र बोसी दुवै रिपव्लिकन पार्टीका हस्ती हुन उनीहरु केही पनि ट्रम्प प्रशासनमा काम गरेनन तर ट्रम्पका नजिकका साथै बाहिर सुरक्षाकवच हुन ।

उक्त पुस्तकमा राष्ट्रपति ट्रम्प अवाज्ञाकारी कर्मचारीको शिकार बनेको उल्लेख छ । उक्त पुस्तकका लेखकले ट्रम्पले नियुक्त गरेका कैयन व्यक्ति उल्लेख गरेका छन्, जो विगत दुई वर्ष सरकारभीत्र बसेर ट्रम्पको नीति र कार्यक्रम असफल बनाए ।

आगामी जनवरीमा अमेरिकी राजनीतिको नयाँ समिकरण सक्रिय हुने बेला प्रकासनमा आउन लागेको यो पुस्तकले केही हलचल अवश्य ल्याउने दि वासिंटन पोस्टले जनाएको छ । गत नोभेम्बर ६ को मध्यावधी निर्वाचनपछि सिनेट रिपब्लिकनको पकडमा भएप्नि हाउस अफ रिप्रिजेन्टेटीभमा डेमोक्याटको पकड छ ।

राष्ट्रपति ट्रम्प प्रायः मिडियाको आलोचना गरिरन्छन् । यसै सन्दर्भमा पुस्तकका लेखक लेवान्डोस्की र बोसीले ट्रम्पलाई उनको सबैभन्दा ठूलो शत्रु को हो भनी सोध्दा ट्रम्पले “देशको सबैभन्दा ठूलो शत्रु फेक न्यूज हो” भनेका छन् । ट्रम्पले अगाडि भनेका छन् “मैले गरेको सबैभन्दा ठूलो काम मध्ये एक जनतालाई फेक न्यूजको जानकारी दिने हो । धेरै समाचार निस्चितः फेक छन् ।”

लेवान्डोस्की र बोसीले गत सेप्टेम्बर २० मा राष्ट्रपति ट्रम्पसंग अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्ता पुस्तकमा समेटिएको छ । उक्त अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले २०१६ को राष्ट्रपतिय चुनावमा रुसी हस्तक्षेप बारे विशेष आयुक्त रोबर्ट एस मुलर थर्डको अनुसन्धानले आफुलाई राजनीतिकरुपमा फाईदा पुगेको बताएका छन् । “यसले मेरो धरातल बलियो बनाएको छ,” राष्ट्रपति ट्रम्प भनेका छन् ।

एफबिआईका निर्देशक जेम्स बि कोमीलाई राष्ट्रपति भए लगत्तै नहटाएकोमा ट्रम्पले दुःख व्यक्त गरेका छन् । “मैले राष्ट्रपति भए लगत्तै उसलाई उसलाई नर्क जा भन्नु पर्थ्यो । अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने आफ्नो महत्वकांक्षी योजना पुरा गर्न आफु काँग्रेससंग नरम रहेको उनले बताएका छन् ।

स्रोतः दि वासिड.टन पोस्ट र एजेन्सीहरु

प्रतिक्रिया