बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:१६
वासिङटन डिसी 06:31

अमेरिकामा २०१८ मा तीन सय भन्दा ज्यादा गोलीकाण्डका घटना ?

राष्ट्रपतीको निर्वाचनमा सर्बाधिक रुपमा उठ्ने चुनावी मुद्धा आम गोलीकाण्ड

विजय थापा २०७५ मंसिर ८ गते २३:३४ मा प्रकाशित

अमेरिकाको राष्ट्रपतीको निर्वाचनमा सर्बाधिक मुख्य हतियार कै रुपमा उठ्ने चुनावी मुद्धा नै आम गोलीकाण्डका घटना पर्दछ । यसलाई नै प्रमुख मुद्धा बनाएर बिगतमा राष्ट्रपतिका उम्मेदवारलाई लाभ भएको छ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा सबै भन्दा हतियारको रुपमा चुनावी मुद्धाको रुपमा राष्ट्रपतिका उम्मेदवारले आफ्ना बिपक्षी राष्ट्रपतिका उम्मेदवारलाई गोलीकाण्डका काण्ड नियन्त्रण गर्न नसकेको र अमेरिकनलाई सुरक्षित गर्न नसकेको आरोप प्रत्यारोप लगाउद्छन । र मतदाताले तथ्याङ्क हेरी विश्वास गर्दछन ।

अमेरिकाका राष्ट्रपति बाराक ओबामा तथा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति अमेरिकनहरुलाई सुरक्षा दिन नसकेको र गोलीबारी नियन्त्रण गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप पटक पटक लगाएका थिए । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको २ बर्षे कार्यकालमा घटना रोकिएको छैन ।

अमेरिकामा राष्ट्रभरमा भएका गोलीबारीका घटना ३ सय भन्दा ज्यादा पुगेका छन् । गत नोभेम्बर २३ मा न्यू जर्सी तथा अलाबामाका बिशाल बजारलाई समेत जोड्दा ३ सय १६ वटा गोलीबारीका घटना भएको “गन भायोलेन्स आर्काइभ” अर्थात् बन्दूक हिंसा अभिलेखालय ले जनाएको छ ।

गत नोभेम्बर २३ तारिख सम्म यति घटना भएका छन् । यसै गरि गत बर्ष २०१७ मा अमेरिका भरमा ३ सय ३६ वटा आम गोलीकाण्ड भएका उक्त संस्थाले जनाएको छ ।

वास्तवमा सयुक्त राज्य अमेरिकामा आम गोलिबारीको आधिकारिक परिभाषा अलिक फरक जस्तो बुझिन्छ । बन्दूक हिंसा अभिलेखालयका अनुसार ४ या सो भन्दा ज्यादा माथि एकै समय र स्थानमा गोलि प्रहार भएको या मारिएकोलाई आम गोलीकाण्ड अर्थात् मास सुटिंग को ब्याख्या गरेको छ ।

तर एफबिआई (संघीय अनुसन्धान विभाग)ले सार्बजनिक स्थानमा ३ जना या सो भन्दा ज्यादा मारीएमा ” आम हत्या ” भन्दछ भने संघिय माध्यमले भने ४ भन्दा ज्यादा मानिस एकै स्थानमा मारिएकालाई ब्याख्या गरेको छ ।

“गन भायोलेन्स आर्काइभ” एक गैर मुनाफा संस्था हो भने जस्ले अमेरिकामा भएका बन्दुक हिंसा तथा बन्दुक दुरुप्रयोग भएका सबै घटनालाई अभिलेख राख्दछ । सन् २०१७ र २०१८ मा कति यस्ता आम गोलिबारी भएछन र बिगतमा भएका सबै गोली काण्ड बारे बिस्तृत जान्न सकिन्छ  ।

स्रोत : एबिसी१५ डटकम 

https://www.abc15.com/news/data/mass-shootings-in-the-us-when-where-they-have-occurred-in-2018

गन भायोलेन्स आर्काइभ डटओर्ग/मास शुटिंग

https://www.gunviolencearchive.org/reports/mass-shooting?page=2

सीएनएन

https://www.cnn.com/2013/09/16/us/20-deadliest-mass-shootings-in-u-s-history-fast-facts/index.html

प्रतिक्रिया