बाल र्‍यापर जनकले गराए गीत रेकर्ड

इनेप्लिज २०७५ मंसिर ८ गते २१:३१ मा प्रकाशित

प्रतिभाले अवसरको खोजी गरिरहेको हुन्छ र त्यस्तो अवसर दिलाउने कोही न कोही ‘गडफादर’ जन्मिन्छन् । यस्तै गडफादरका कारण रातारात चर्चाको शिखरमा पुगेका छन्- १३ वर्षीया बालक जनक गन्धर्भ ।

हिजोसम्म सडकमा सारङ्गी रेट्दै गीत गाउँदै पैसा बटुलेर घरमा पठाउने उनी पढाई नै छाडेर गीत गाउँदै दाङदेखि काठमाडौँ आइपुगेका थिए । उनको आवाजमा गीत रेकर्डिङ् भएको छ ।

१३ वर्षीया बालक जनक गन्धर्भ केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भएका थिए । उनले गीत गाएर सबैको मन जितिसकेका थिए । गन्धर्भले बोल्न नसक्ने आमा बाबालाई समेटेर गीत पनि गाएका छन् ।

प्रतिक्रिया