निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनी मै ’ सार्वजनिक

इनेप्लिज २०७५ मंसिर ८ गते २१:२३ मा प्रकाशित

 

काठमाडौं – निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनी मै ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत हाइलाइट नेपालको यु ट्युव मार्फत सार्वजनिक भएको हो ।

घाश्याम गौतमकै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो जनता डिजिटलले निर्माण गरेको हो । भिडियोमा शिशिर र पेसलाको अभिनय देख्न सकिन्छ ।
भिडियोमा शिशिर बझाङे ठिटोको रुपमा प्रस्तत भएका छन्, भने पेसला पुर्बेली ठिटीको रुपमा देखिएकी छन् । प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

भिडियोमा कोरियोग्राफ माला मगर र छायांकन दिपक गिरी एण्ड टिमको रहेको छ ।

 

प्रतिक्रिया