जलवायु सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (कोप)मा नेपालको राष्ट्रपति पोल्यान्ड आउनु नेपाल र नेपालीकै गर्वको कुरो हो

पोल्यान्डबाट मित्र लाल पार्दे(पानी अभियानकर्ता ) २०७५ मंसिर ८ गते १५:३७ मा प्रकाशित

विश्वको जलवायु परिवर्तन सम्बन्धी चासोलाई बिशेष चिन्ता राख्न थालिएको अवस्थामा केही वर्ष अगाडि देखी यु एन को अगुवाइमा विश्वका बिभिन्न देशहरुमा जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय समेल्लन हुने गरेको छ । पोल्यान्डमा हुन गै रहेको जलवायु सम्मेलन चौबिसौ सम्मेलन हो । सन् १९९२ जुन महिनामा १ सय ७२ राष्ट्रको प्रतिनिधि र सरकार प्रमुखहरूको पहिलो पटक ब्राजिलको राजधानी रिओ दि जेनेरिओमा सम्मेलन भएको थियो

पोल्यान्डको क्यातोविचमा हुन गैरहेको अन्तराष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालले भोगिरहेको समस्या, विगतमा भएका प्रतिवद्धता कार्यान्वयनमा देखिएका कमीकमजोरी सहित नेपालको समेत स्पष्ट प्रतिवद्धता राष्ट्रपतिको सम्बोधनमा समेट्नु जरुरी छ । बन बिनास शहरीकरण विश्वव्यापी रुपमा बायुमण्डलीय प्रभाव जस्ता धेरै नकारात्मक असर पर्ने गरेको छ । फ्रान्सको राजधानी पेरिसमा भएको २१ औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप ट्वान्टी वान्) मा पहाडी राष्ट्रहरूले प्राप्त गर्नुपर्ने क्षतिपूर्तिसम्बन्धी मुद्दा र नेपाललगायत विकासोन्मुख राष्ट्र (एलडीसी) हरू लाई धनी तथा बढी कार्बन उत्सर्जन गराउन भूमिका खेल्ने राष्ट्रहरूले अनुदान उपलब्ध गराउनुपर्ने, पृथ्वीको तामक्रम वृद्धि २ डिग्री सेल्सियस कायम राख्ने गरी काम गर्नेलगायतका विषयमा भएको सम्झौतामा विश्वका १९७ राष्ट्रले हस्ताक्षर गरेका थिए । तर पनि त्यो हस्ताक्षर सम्झौता प्रभावकारी हुन सकेको छैन ।

नेपालले नखाएको बिष पनि लाग्ने गरेको छ । विश्वका ठुला ठुला देशहरुले उद्द्योग धन्दाको नाममा बातावरणलाई असर पर्ने तिनीहरुले फालेको धुलो धुवा गरीब देश्हरुमा पुग्ने र गरीब देशका व्यक्तिहरु बिभिन्न रोगहरुबाट मर्नु पर्ने अवस्था र अप्रत्यक्ष रुपमा एव प्रत्यक्ष रुपमा असर परेकाइ छ । यो मुद्दा उक्त जलवायु सम्मेलनमा उठाइनु पर्दछ । हरेक बर्ष बिभिन्न देशहरुमा बढ्दै गैरहेको अद्द्यौगिकीकरणबाट नेपाल अछुतो छैन । वायुमन्डल्मा प्रदुषण अनी पुरै प्रिथ्विमा बनजङल फडानी अनावश्यक शहरीकरण बिभिन्न बनस्पती जनवरहरुको लोप हुने अवस्थाले र सूर्यको तापक्रम बढ्दै गएको अवस्थाले विश्वको जलवायुमा धेरै असार परेको छ । विश्वका सरकारहरुले चिन्तित हुँदै यो मुद्दामा सम्मेलन गर्नु सकारात्मक हो तथापी उद्देश्य अनुसार आफ्नो लक्ष्य प्राप्त गर्न बाट विश्वका सरकारहरु फेल भएकै छन् यो बिषयमा पनि उक्त सम्मेलनमा आवाज उठ्नु जरुरी छ ।

नेपालको राष्ट्रप्रमुख राष्ट्रपतिको आगमनले अवश्य पनि नेपाल जलबायु सम्बन्धी मुद्दामा चासो राखेको भन्ने स्पष्ट हुन्छ । जलवायु सम्बन्धी मुद्दालाई नेपालले गम्भिर रुपमा बुझेको भन्ने अन्तरराष्ट्रिय स्तरमा मेसेज जान्छ तर पनि नेपाल सरकार पनि आफ्नो देशमा विश्व सम्मेलनमा प्रतिबद्दता जाहेर गरेका र हस्ताक्षर गर्ने सन्धिलाई देशमा पनि उत्तिकै कार्यन्वयनमा लिनु पर्ने देखिन्छ । नेपाल अझ भन्नु पर्दा बनजङलको देश वारी पारी बडेमान देशहरुको बिचमा अवस्थित नेपाल बढ्दो अद्द्यौगिकिकरणले आफु समावेश नभए पनि देशको जलवायुमा भविष्यमा प्रत्यक्ष असार पर्ने देखिन्छ । अत उक्त सम्मेलन्मा विश्वव्यापी रुपमा बिभिन्न देशका गरीब देशहरु धनी देशको चेपुवामा परेर आफ्नो देशको जलवायु परिवर्तनमा असर पर्ने हुँदा यो बारेमा नेपाल सरकार चिन्तित हुनु पर्ने अवस्था देखिन्छ ।

त्यसो त यु एन बाट समय समयराष्ट्रप्रमुखको सम्बोधनमार्फत नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गरेका नमुना कार्यक्रमहरूको जानकारी गराउनुका साथै आफ्ना भावी योजनाहरू प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय समुदायलाई यस विषयलाई गम्भीरताका साथ लिई भावी सन्ततिका लागि हित हुने किसिमका निर्णय लिन आह्वान गर्न सकिन्छ । अहिले राष्ट्रप्रमुखलाई बोलाइएको छ । विश्वका धेरै देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट घोषणापत्रमा पनि हस्ताक्षर हुनेछ । नयाँ कुराहरु उठान गर्नु भन्दा पनि पेरिस सम्मेलन , कोपन्हेगन सम्मेलनमा उठाइएका र हस्ताक्षर गरिएका सन्धिहरुलाई कार्यन्वयन गर्ने दिशामा यो सम्मेलन केन्द्रित हुन सके मात्र जल वायु परिवर्तन सम्बन्धी समेलन कोपको उद्देश्य पुरा हुनेछ । साथै विश्वभर बिजुली गाडी ग्यास उत्सर्जन गर्ने धुलो धुवा उत्सर्जन गर्ने कलकारखाना सबै बिजुलिकरण गर्दै बातावरणमा केही सुधार लिना सकिन्छ । विश्व भर बिजुलिबाट चल्ने गाडीलाई बिशेष जोड दिन सके पनि जलावायु क्षेत्रमा धेरै फड्को मार्न सकिन्छ । आशा गरौ हाम्रो देशका सर्वोच्च निकाय राष्ट्र प्रमुख भण्डारीले आफ्नो कार्यपत्रमा सम्बोधन गर्नु हुनेछ ।

पोल्यान्ड सम्मेलन हुनु भन्दा अघि पेरिस सम्मेलन कोपन हेगन सम्मेलन्मा नेपालका राष्ट्रप्रमुखलाई निमन्त्रणा गएको थियो ।
पेरिस सम्मेलनमा नेपालका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुन सकेका थिएनन् भने २००९ मा कोपन हेगन जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालका सरकार प्रमुख तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल सहभागी भएका थिए ।

के फाईदा छ् त राष्ट्रपतिको भ्रमणले

कुनै समय पोल्यान्डमा नेपाल भन्ने देश छ र भन्ने अवस्था भएको । धेरै जनताहरुलाई नेपालबारे खासै चासो नराख्ने तर खेलाडी पर्यटकहरुको लागि नेपाल सुन्दर देश हो । बुद्दको देश हो भनेर यहाँका जनताहरुले बुझ्दै गरेका थिए पोल्यान्ड बस्ने नेपालीहरुबाट मात्रा पोल्यान्डको सम्बन्धित निकायमा नेपाल सम्बन्धी प्रचार प्रसार गर्न बिबिध कारणले जटिल नै थियो । जेजती भए बिभिन्न समुदायले सकेजत देश चिनाउने गरेका थिए तर अहिले देशकै उच्च व्यक्तित्वको पोल्यान्द आगमनले अवश्य पनि पोल्यान्ड बस्ने नेपाली जनताहरु र पोलिश जनताहरुमा बिशेष रुपमा सकारात्मक भूमिका प्रस्तुत हुनेछ भन्ने आशा लिएका छौ । हालैका दिनहरुमा नेपालबाट यसरी उच्च तहका व्यक्तित्वहरुको आगमनले अवश्य बिच पोल्यान्ड र नेपाल बिचको सम्बन्धमा कोषेढुङा सावित हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
त्यसो त पोल्यान्डले र नेपालले दरिलो कुट्नैतिक सम्बन्ध राख्न सकेमा धेरै मात्रामा दुई देशको प्रगति हुने देखिन्छ । नेपालबाट पनि पोल्यान्डले धेरै लाभ लिना सक्दछ । नेपालले पनि पोल्यान्डबाट धेरै लाभ लिना सक्दछ ।

साथै विश्वस्तरमा नेपाल पनि जलवायु परिवर्तन सम्बन्धी मुद्दामा बिशेष सहयात्री छ है भन्ने सन्देश पनि विश्व जनमानसमा पर्न जान्छ ।

जे होस् अहिले हामी पोल्यान्ड बस्ने नेपालीहरुले नेपालको सर्वोच्च व्यक्तित्व राष्ट्रपतिको पोल्यान्ड भ्रमण चाहे जुन सुकै उद्देश्यबाट होस् खुशी हुनै पर्दछ । हाम्रा राजनीतिक एजेन्डाहरु आ आफ्नै होलान् तर समग्र देशको बारेमा सोच्दा अवश्य पनि हामी नेपालीहरुको लागि एउटा गर्वको बिषय पनि हो । हिजोको दिनमा एउटा साधारण व्यक्तित्व सरकारी हाकिम आउँदा मात्र खुशी हुने हामी पोल्यान्ड बस्ने नेपालीहरुले आफ्नै देशको राष्ट्रपतिको आगमन प्रति मुक्त कण्ठले प्रशंशा गर्नै पर्दछ ।

प्रतिक्रिया