अमेरिकामा १० वटा कारणले जागिर जान्छ

विजय थापा २०७५ मंसिर ८ गते १२:५६ मा प्रकाशित

अमेरिका आफू सम्बृद्ध बन्ने जाने देश हो । कैयौ सपना लिएर सपनाको देश अमेरिका पुगिन्छ । अमेरिका हाम्रो लागि बिरानो देश l अमेरिकामा जागिर भयो अब ढुक्क भयो भन्ने कदापी सोच्नु हुदैन l निर्धक्क हुने भन्ने प्रश्न नै हुदैन l कुनै पनि समय जागिर बाट हात धुनु पर्छ l

ठुला बडा तथा मन्त्रीको सिफारिस तथा भनसुनले पट्टकै काम गर्दैन l बाहिर बाट हेर्दा जागिर पाउन सरल हुन्छ झैँ लागे पनि वास्तवमा जागिर कैयौ महिना सम्म नपाई भौतारी रहेका हामी नेपालीहरु संग त्यसको पीडाको अनुभूति गरेका हुन्छौ l

जागिर जान्छ तर जागिर फेरी पाइन्छ l त्यसैले अमेरिका भनेको नै अवसरको देश l मुखमा माड लगाउन जे जस्तो पनि काम गर्ने दृढ संकल्प तथा ईच्छा छ भने जागिर पाइन्छ l धैर्यता को आवश्यक पर्छ l १० वटा भन्दा पनि धेरै कारण बाट अमेरिकामा कर्मचारी बर्खास्त हुन्छन l जागिर दिने प्रतिष्ठानले कामदारलाई निकाल्न कारण नै चाहिदैन l

अमेरिकामा कुनै पनि समय या दिन बिना कारण तथा बिना सूचना बर्खास्त गर्न सक्छन l तर यसो भनेता पनि बिशेष कारण द्वारा कामदार बर्खास्त हुने हुन्छन l

संस्था को सम्पत्ति क्षति गरेमा : अमेरिकामा काम गर्दा होसियारपूर्वक गर्नु पर्छ l काम गर्दा सतर्कता पनि अपनाउनु पर्छ l काममा गम्भीर छैन भने कहिले काही काम गर्ने ठाउँको समान समेत क्षति हुने हुन्छ l आफ्नो कारणबाट नोक्सान भयो भने जागिर बाट हात धुनु पर्ने अवस्था पनि आई पर्छ l जागिर जान पनि सक्छ l ध्यान दिन सक्यौ भने राम्रो l

लागू पदार्थ या मादक पदार्थ सेवन गरेमा : अमेरिकामा भुलेर पनि काममा मादक पदार्थ या जौ मदिरा(बियर) सेवन गरेर जाने भन्ने मस्तिष्कमा कहिले पनि सोच ल्याउनु हुदैन l कार्यस्थलमा कदापी आफू कर्तब्यपालन गरि रहेको समयमा नेपाल जस्तै गर्ने कोसिस गरेमा एकै छिनमा जागिर जान्छ l लाखौ यस्ता घटना भएका छन् l मादक पदार्थ सेवन गरे पछि कामको उत्पादकतामा ह्रास आउने हुन्छ l यसको अतिरिक्त यसरी उपस्थित हुँदा गैर कानुनी हुने हुन्छ l र प्रतिबन्धित समेत हुने भएकोले साबधानी हुनु अपरिहार्यता हुने छ l

प्रतिष्ठानका अभिलेख कहिले पनि अदलबदल गर्नु हुदैन : काम गर्ने क्रममा कसैले थाहा पाउदैन भन्ने गलत विचार आएमा अनैतिक हुने हुन्छ l प्रतिष्ठानका अभिलेख कहिले पनि अदलबदल गर्नु हुदैन l जसको कारण लामो समय सम्मको लागि कानूनी तथा कार्यसम्पादन समस्या आउने हुन्छ l भुलेर पनि अमेरिकामा न सोच्नु होला l

४. अवज्ञा /अवहेलना : यसको मतलव यो हैन कि व्यवस्थापक ले जे भन्यो पनि हजुर भन्ने आसय हैन l आफ्नो हाकिम संग सदैव सुमधुर सम्बन्ध हुनु पर्छ l उ संग बांगियो र देब्रे कुरा गर्यो भने जागिर चैट हुन्छ l असहमति जनाईयो भने जागिर खुस्किन समय लाग्दैन l तसर्थ हाकिम संग तालमेल राम्रो भएमा जागिर बाट हत्तपत्त निस्काशन हुनु पर्दैन l

दुर्व्यवहार : यस शिर्षकमा धेरै वर्ग पर्दछन l यौन उत्पीडन देखि अपराधिक भयभित गर्ने क्रियाकलाप मा संलग्न भएको पाईएमा जागिर कसैले बचाउन सक्दैन l यसको अतिरिक्त अनुचित व्यवहार, ढाट्ने ,चोर्ने ,जालझेल ,उद्योग जासूसी आदिहरु यस वर्गमा पर्ने हुनाले आफू टाडा हुनु पर्छ नत्र जागिर गुमाउन केहि समय लाग्दैन l

खराव कार्यसम्पादन : घण्टाको हिसाव गर्ने चलन हुनाले राम्रो कामको प्रदर्शन गर्नु पर्छ l नेपालमा काम गर्ने शैली फरक हुन्छ l अमेरिकामा बिल्कुल फरक हुने हुनाले हामी संग काम गर्ने शैली केही अंश नेपाल बाट पनि ल्याउने भएकोले कहिलेकाही कुरा बिग्रिन्छ l मुख्यतया जसरी पनि संस्थाको न्युनतम आधारभूत कार्य सम्पन्न गर्नै पर्छ l आफूलाई दिइएको काम र जिम्मेबारी प्रति गम्भीर भएनौ भने काम बाट निस्कासन बाहेक अरु केही उपाय हुदैन l अरु भन्दा त्यस तर्फ ध्यान दियौ भने जागिर जादैन l

चोरी :यो गैर कानूनी मात्र हैन कि जागिर तुरुन्तै जान्छ l कार्यालयका कुनै पनि समान चोर्ने ,नगद पैसा तथा अन्य जिनिस चोरी गर्ने अभियोगमा फसियो भने जागिर जान्छ l यस्ता काममा थुप्रै काममा नेपालीहरु पनि फसेका छन् l लोभ कदापी गर्नु हुदैन l कल्पना समेत गर्नु हुदैन l

प्रतिष्ठानको समान आफ्नो व्यक्तिगत काममा प्रयोग गरेमा : धेरै जसो कार्यालयमा यस्ता चिजलाई सामान्य रुपमा लिन्छन l प्रयोग गर्न पनि पाइन्छ तर यसलाई आफ्नो पेवा झैँ सम्झी प्रयोग गरेमा अन्तत्वगत्वा जागिर पनि जान्ने सम्म अवस्था आई लाग्दछ l अनुमति लिएर प्रयोग गर्नु भनेको ठिक हो तर अनुमति बिना र पटक पटक यस्ता कुरामा समय व्यतित गरेमा जागिर जाने पनि हुन्छ l

पटक पटक बिदा लिएमा : तपाई ढिलो पनि बारम्बार आउने गर्नु हुन्छ l यसको अतिरिक्त पटक पटक बिरामी बिदा लिनु हुन्छ l आफूले प्राप्त गरेको बिदा सुबिधा भन्दा ज्यादा समय लिने आदत गर्नु हुन्छ भने जागिर संकटमा पर्न सक्छ l तपाई छुट्टीमा बसेको कारण काममा ह्रास हुने तथा समूहको काममा तपाई अनुपस्थिति को कारण कार्यसम्पादनमा कमि हुन् जाने हुनाले जागिर धर्म संकटमा पर्न जान्छ l अन्त्यमा जागिर जाने पनि हुन्छ l

१० प्रतिष्ठानको नीति उल्लंघन : हरेक सस्थाको आ-आफ्नै निति हुन्छ l आफू नियुक्त हुनु भन्दा अगाडी राम्रो संग निति बारेमा जानकर हुनु जरुरी हुन्छ l एक बाट अर्कोमा जागिर बदल्ने क्रममा नीति फरकको कारण जागिर जाने सम्म अवस्था आउने हुन्छ l तसर्थ यस्ता कुरामा निकै चलाख हुनु पर्छ l

कैयौ स्थानमा सामाजिक संजाल प्रतिबन्धित पनि हुन्छ l तर कैयौ कार्यालयमा यसलाई मान्यता पनि दिएको हुन्छ l नयाँ ठाउँमा भर्ना हुनु भएको छ भने राम्रो संग सवै कुरा बुझ्दा राम्रो हुने छ l

अमेरिकामा रोजगार खोजी दिने र चाजो मिलाई दिने संस्था क्यारियर बिल्डर्स का अनुसार २२ प्रतिसत कर्मचारीहरु कीर्ते बिरामी भन्ने गर्दा जागिर बाट बर्खास्त हुन्छन भनि तथ्याङ्क निकालेको छ l २४ प्रतिसत कामदारहरु काममा आफ्नो काम अन्तरगत नभई अन्य बिषय वस्तु संगको अंतर्जा(इन्टरनेट )मा व्यस्त भएको कारण पनि जागिर हिड्ने हुन्छ भनि तथ्याँक प्रस्तुत गरको छ l यसै गरि ४१ प्रतिसत कामदार ढिलो काम मा पुग्ने तथा १७ प्रतिसत सामाजिक संजालमा अल्मलिने को कारण जागिर बाट हात धुनु पर्ने हुन्छ भनेको छ l

२२ प्रतिसत कर्मचारी को जागिर निस्कासित गरिएको कामदार कसरी निस्कासित गरिएको भनि अन्य कर्मचारीलाई सुनाउने र बाधा अड्चन गर्ने हुँदा पनि जागिर गुमाउको कुरा (एसएचआरएम )ले जनाएको छ भने ३३ प्रतिसत कर्मचारी सामाजिक सञ्चार नीति लाई उल्लङ्घन गरेकोमा बर्खास्त हुने जनाएको छ l

अमेरिका आएका आगन्तुक तथा यस्ता कुराहरु मा ध्यान नदिएका हरुलाई यस आलेखले केहि हद सम्म काम गर्ने हुन्छ l नेपालीहरु ईमान्दार छौ l तथापी कहिले काही विभिन्न कारण हामी चुक्ने हुनाले ध्यान दियौ l यसैमा हाम्रो भलाई हुने छ l

स्रोत : बिभिन्न पत्रपत्रिका

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया