दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने
अत्तरिया, मङ्सिर ७ गते । राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ ।
साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र कञ्चनपुरको दक्षिणी क्षेत्रमा बसोवास गर्दै आएका दुई हजार गरी दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको छ ।
कम्पनी सञ्चालक समितिले फुटकर जग्गा बिक्रीवितरण सम्बन्धी विनियमावली २०६९ मा दोस्रो संशोधन गर्नुपर्ने देखिएको थियो । मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेश गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृत भएसँगै लालपूर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष चौधरीले बताउनुभयो ।
कञ्चनपुरको त्रिभुवनबस्ती क्षेत्रमा ३४४, परासन क्षेत्रमा ५७०, वाइसेविचवामा २० बिगाहा गरी कूल ९३६ बिगाहा १८ धुर जग्गामा बसोवास गर्दै आएका घरपरिवारलाई पूर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लिने, भूमिहीन, सुकुमवासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिष्ट्रेशन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छूटको प्रावधान रहेको जनाइएको छ ।
जग्गा बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सिफारिसमा विकास निर्माणमा लगाइने प्रावधानसमेत रहेको कम्पनी सचिव अश्विनी खड्काले बताउनुभयो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया