ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण जनवरी ५ मा अमेरिकाको डेनभर शहरमा हुँदै
काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना गरिने भएको हो ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठले बताएका छन् ।
विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमानै सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठले अबगत गराएका छन् ।
अवार्डको तयारि तिब्र रुपमा भईरहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र संयोजक मदु कुमार श्रेष्ठ रहेका छन् ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया