न्यू जर्सीको बिशाल बजारमा गोलि प्रहार

इनेप्लिज २०७५ मंसिर ८ गते ३:५२ मा प्रकाशित

न्यू जर्सीको एलिजाबेथ शहर स्थित एक बिशाल बजारमा गोलि प्रहार भएको खबर छ । उक्त गोलि प्रहारबाट एक व्यक्ति घाइते भई अस्पताल लागिएको छ । एलिजाबेथ शहर न्यू जर्सीको युनियन काउन्टीको सबै भन्दा ठुलो शहर हो भने न्यू जर्सी राज्य कै चौथो अत्यधिक जनघनत्व भएको शहर हो ।

गोलि चल्ने उक्त बिशाल बजारमा आएका सबै ग्राहकहरुलाई खाली गरिएको छ । आज कालो शुक्रबार (ब्लाक फ्राईडे )भएकोले बर्ष कै सर्वाधिक सस्तो सामान पाइने र सवै भन्दा व्यस्त हुने उक्त जर्सी गार्डन मल नामक बिशाल बजारमा ७ :५५ बजे उक्त घटना घटेको हो ।

गोलि चल्ने बित्तिकै प्रहरीले त्यसको प्रतिउत्तर दिएका छन् । अस्पताल भर्ना भएका उक्त व्यक्ति खतरा मुक्त रहेको समाचार सीबिएस न्युजले समाचार प्रकाशित गरेको छ । कसैले २ पटक गोलि प्रहार सुनेको र कसैले मानिस होहल्ला मच्याउदै भागदौड गरेको देखेको बताएका छन् ।

तस्बिर स्रोत :गुगल म्याप (नक्सा )

प्रतिक्रिया