११० औं लक्ष्मी जयन्ती तथा राष्ट्रकवि माधव घिमिरेको १०० औं जन्मोत्सव भव्यताका साथ सम्पन्न !

इनेप्लिज २०७५ मंसिर ७ गते २२:१९ मा प्रकाशित

नोभेम्वर १८ ,न्यूयोर्क

अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको आयोजनामा, ११० औं देबकोटा जयन्ति सम्पन्न भएकोछ। यस संस्था द्वारा बर्षेनी मनाइने यो लक्ष्मी जयन्ती कार्यक्रम यस पटक क्विन्सको ज्याक्सन हाइट स्थित हिमालयन याकमा देबकोटाको चिनारी, पुस्तक बिमोचन, रचना वाचन र देउसी भैलो आदि कार्यक्रम सहित मनाइएको थियो ।

अनेसास न्यूयोर्क च्याप्टरले देवकोटा जयन्तिको यस अबसर पारेर राष्ट्रकवि माधव घिमिरेको  १०० औं जन्मोत्सव पनि भव्यताका साथ मनायो । उक्त कार्यक्रममा राष्ट्रकविले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै अ ने सा स न्यूयोर्क च्याप्टर द्वारा उहालाई सम्मान तथा अभिनन्दन पत्र प्रदान गर्नुका साथै उहाँको सु-स्वास्थ्य तथा दिर्घायुको कामना गरिएको थियो। राष्ट्रकविका तर्फबाट अभिनन्दन पत्र उहाँकै कान्छी छोरी साहित्यकार ज्योती पौडेलले ग्रहण गर्नु भएको थियो भने ज्योति पौडेल र ज्वाई बद्री पौडेललाई राष्ट्र्कविज्यूको जन्मदिनको केक काट्ने सौभाग्य प्राप्त भएको थियो । उक्त अबसरमा च्याप्टरका पूर्व अध्यक्ष पुनम् काफ्ले र ज्योति पौडेल तथा च्याप्टरका प्रधान सम्पादक धनीराम सापकोटाले राष्ट्रकवि बारे आफ्नो धारणा राख्नु भएको थियो भने च्याप्टरकै पूर्व अध्यक्ष बिकास बिष्टले राष्ट्रकवि द्वारा लिखित गित गाएर कार्यक्रमको रौनकता बढाउनु भयको थियो। उक्त कार्यक्रममा राष्ट्रकवि बाट उहाकै आवाजमा पठाउनु भएको संदेश पनि बजाएर सुनाइएको थियो ।

 

उक्त कार्यक्रमका लागि प्रमुख अतिथि, नेपाल नियोगका कायममुकायम महाबाणिज्य दुत, पुष्प राज भट्टराई द्वारा पानसमा बति बालेर शुरू गरिएको कार्यक्रमको अध्यक्षता च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो।

उपस्थित संस्थाका सदस्यहरु लगायत बिभिन्न साहित्यकार तथा साहित्यनुरागीहरू र कलाकारहरूको समुहले अडियोको साथ नेपाली तथा अमेरिकन राष्ट्रीय गानहरू प्रस्तुत गरेका थिए।

अ ने सा स न्युयोर्क च्याप्टरका उपाध्यक्ष तथा साहित्यकार शकुन ज्ञवालीले उपस्थित सबैलाई स्वागत गरेर अघि बढाइएको उक्त कार्यक्रममा अ ने सा स न्युयोर्क द्धारा प्रकाशित हुने दैवार्षिक स्मारिका – प्रतिध्वनिका प्रधान सम्पादक धनिराम सापकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा बोल्नु भएको थियो।

यसै लक्ष्मी जयन्तीको सुअवसर पारेर तीनवटा कृतिहरू र दुईवटा गिती एलबमहरूको विमोचन गरिएको थिए । अ ने सा स न्युयोर्क च्याप्टरका पूर्ब अध्यक्ष तथा साहित्यकार ज्योती पौडेलको कृती “अचम्म भो” कथा संग्रह; अ ने सा स का पूर्ब केन्द्रीय अध्यक्ष तथा हाल बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष, गीता खत्रीको गिती एल्बम “यात्रा”; च्याप्टरकी महासचिब शान्ता घिमीरेको “भगवान खोज्दैछु” गिती एल्बम र “कर्मभूमि को फूल” कृति साथै अ ने सा स नेपालका अध्यक्ष साहित्यकार उन्नती बोहराको “ शान्ती तिमी फर्की आउ “ गिती संग्रहको लोकार्पण एक एक गरी गरिएको थियो।

यसैक्रममा साहित्य सर्जकहरु, गिता खत्री, ज्योती पौडेल, शान्ता घिमीरे तथा हाल अमेरीकाको भ्रमणमा रहनु भएका लेखक, ईन्जिनियर गोपाल श्रेष्ठलाई च्याप्टरका तर्फबाट अधक्ष्य राजेन्द्र श्रेष्ठले खादा,दोसल्ला र पुष्प गुच्छाद्वारा सम्मान गर्नु भएको थियो । हरेक बर्ष झैं देउसी भैलो खेलेर कार्यक्रममा तिहारको परम्परा तथा रौनकता थपिएको थियो भने रचना वाचन गर्ने क्रममा कविहरू, पुनम् काफ्ले, बिकाश बिष्ट, शकुन ज्ञवाली, डा. गोबिन्द कोइराला, राजन महर्जन, बिष्णु बैजु, बन्दना कोईराला(, विमला पन्त आदिले आआफ्ना रचनाहरू वाचन गर्नु भयको थियो । कार्यक्रममा साहित्यकार डा.मधुमाधुर्य, बिनोद रोक्का ,सिता खरेल, नदिया लिवाङ, जानुका ओस्ती ढकाल, शारदा क्षेत्री,रश्मी भट्ट,,पद्मा लिखा मगर ,संगिता उप्रेती, बेदा खरेल, कमला प्रसाई, कलाकार, नर बहादुर दाहाल, तथा किरण काफ्ले, बद्री पौडेल लगायत अरू थुप्रै साहित्य अनुरागीहरू र नेपाली पत्रिका, विश्व सन्देशका प्रबन्ध योगेश आदी को पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा च्याप्टरका अध्यक्ष ले आफ्नो मन्तब्य र धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सकिएको घोषणा गर्नु भएको थियो । कार्यक्रम को सन्चालन च्याप्टर की सचिव, साहित्यकार लक्ष्मी श्रेष्ठ ले गर्नु भयको थियो।

प्रतिक्रिया