आइतबार, पुष १ २०७५
काठमाडौं १०:२२
वासिङटन डिसी 23:37

चर्चित पाँच बर्षिय सेलीब्रेटि सृष्टिको गीत सावर्जनिक

इनेप्लिज २०७५ मंसिर ७ गते २२:०४ मा प्रकाशित

लाली गुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ….. सत्य सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ्यौ ‍याे गीतकाे शव्द जती सुन्दर छन् त्याे भन्दा कम छैन पाँच बर्षिय सेलीब्रेटि बाल कलाकार सृष्टि अार्चायकाे अभिनय। सामाजिक संजालहरूमा निकै नै लोकप्रिय अनि भाइरल बनेकी यी नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन् । सेलिब्रेटी सृष्टि अहिले ‘चाँदनीमा नुहाएर….’गीतकाे सुटिङ्गमा ब्यस्त छिन् । अबकाे केहि दिनमा गीत सावर्जनिक हुदैँछ ।
सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको गीतमा झलक स‌ंगीतमले सं‌गीत भरेका छन् । गीतकार सुबिसुधा अाचार्यकाे शब्द रचनामा रहेकाे चाँदनीमा नुहाएर बाेलकाे गीतकाे म्युजिक भिडियाेकाे निर्देशन हेम प्रभासले गरेका छन् ।

फूल भन्दा सून्दर, हिउँ भन्दा गोरी बाल कलाकार सृष्टि आचार्य संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बाबुआमासँग बसोबास गर्दै आएकी छिन् । याे गीतकाे सुटिङ्ग पनि अमेरीकाकै भर्जिनियामा भएकाे हाे ।

याे गीतमा सृष्टिकाे जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधा अाचार्यकाे पनि अभिनय हेर्न लायक देखिन्छ । अालाप रेकर्डिङ् स्टुडियाेमा रेक‍र्ड गरिएकाे गीतलाई राजिव श्रेष्ठले खिचेका छन् भने एकान्त मगरले सम्पादन गरेका छन् । याे गीतकाे प्राेड्क्सन म्यानेजर भने केशव अाचार्य हुन् ।

Shristi Kids TV नामक युब्ट्युब र फेसबुक पेज पनि यी बालिकाको भर्खरै संचालनमा आएको छ । सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा पनि सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले बताउँछ ।

प्रतिक्रिया