खगेन्द्र यक्सोको आँखा फुरफुरायो सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर ७ गते ११:५९ मा प्रकाशित

काठमाडौं । यस अघि सिंगौरी खेलेकी मोडल एलिसा राईको आँखा फुरफुराएको खबर छ । अर्थात उनले यस अघि सिंगौरीबोलको गीतको भिडियोमा अभिनय गरेकी थिईन् भने त्यसैको दोश्रो भाग आँखा फुरफुरायो बोलको गीतको भिडियोमा पनि मोडल राईले नै अभिनय गरेकी छिन् ।

चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सोको साथमा बिमला राई र अर्जुन राईले गाएको सिंगौरी बोलको गीतको भिडियोमा मोडल एलिसा राईले अभिनेता श्याम राई, योगेन्द्र राई र दिनेश गुरुङसँग कम्मर मर्काएकी थिईन् भने सिंगौंरी २ को आँखा फुरफुरायो बोलको गीतको भिडियोमा उनले श्याम राई र दिपांशु थापासँग कम्मर मर्काएकी छिन् । पहिले सार्वजनिक भएको गीत सिंगौरीको भिडियोले ६० लाख भन्दा बढी दर्शककोसाथ पाएपछि त्यसलाई अपार सफलता मान्दै दोश्रो भाग आँखा फुरफुरायो सार्वजनिक गरिएको युमा आर्टस् श्रोतले जानकारी दिएको छ ।

नेपाली साँगीतिक उद्योगमा चर्चामा रहेको कम्पनी युमा आर्टसको उत्पादन तथा बितरण रहेको यस गीतको शब्द गायक तथा संगीतकार खगेन्द्र यक्सोको साथमा सिबी स्याबुनेले लेखेका हुन् भने सशि गुरुङको संगीत रहेको गीतको संगीत संयोजन चन्दु गोर्खालीले गरेका हुन् । गीतमा स्वर खगेन्द्र यक्सो, सिबी स्याबुने र मेलिना राईको सुन्न सकिन्छ ।

अत्यन्तै रोमाञ्चक तरिकाले बनाईएको भिडियोमा तेञ्जु योन्जनको कोरियोग्राफी र युगल पोमोको निर्देशनलाई अर्जुन तिवारीले खिचृेका छन् । बिकाश दाहालले सम्पादन गरेको भिडियो निर्माता सिबी याक्खा स्याबुने हुन् भने एलिशा राई, श्याम राई र दिपांशु थापाको साथमा दिनेश गुरुङ, राम गुरुङ, मौसमी सुब्बा लगायतको पनि भूमिका देख्न सकिन्छ ।

बाँकी मनोरञ्जनको लागी भिडियो लिंकमा जानुहोस् :

प्रतिक्रिया