शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:५७
वासिङटन डिसी 17:12

ताजा समाचार : अमेरिकाको अलाबामाको बिशाल बजारमा गोलि चल्यो ,बन्दुकधारी मारिए र दुई अन्य घाइते

इनेप्लिज २०७५ मंसिर ७ गते ११:५१ मा प्रकाशित

अमेरिकाको अलाबामा राज्यको हुभर शहर स्थित एक बिशाल बजार(मल)मा गोलि चल्दा २ जना घाइते भएका छन् भने बन्दुकधारी मारिएका छन । हुभर शहर अलाबामा देखि उत्तर मध्यमा रहेको छ ।

अमेरिकामा गत बिहिबार नोभेम्बर २२ तारिख धन्यवाद दिवस( थाङ्क्स गिभिङ्ग डे ) पछि ब्लाक फ्राईडे ( कालो शुक्रबार )मा बर्ष कै सर्बाधिक सस्तो समान बेचिने हुनाले उक्त बिशाल बजारमा भिड माथि बन्दुकधारीले गोलि चलाएका थिए ।

उक्त घटना रिभरचेज ग्यालेरिया हुभरमा १८ बर्षिय युवा तथा अर्का बीच भौतिक झगडा र भनाभन भए पछि उक्त घटना भएको प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरीका अनुसार कसरी झडप भयो भन्ने थाहा नभएको तर उक्त १८ बर्षिय संग हतियार भएको थियो भन्ने हामीलाई लागेको बताएका छन् ।

गोलि चलाए पछि किशोर घाइते भएको र प्रहरी आधिकारीसंग भिडन्त गरेर भाग्ने क्रममा प्रहरीले गोलि चलाएका थिए ।

१२ बर्षिय किशोरी माथि गोलि प्रहार भए पछि होहल्ला मच्चिएको र भागदौड भएको थियो ।

उक्त बालिकालाई अस्पताल भर्ना गरिएको छ । हुभर प्रहरी बिभागले मानिसहरुका भिड हुने ठाउँमा नजिक बाट निहाली रहेका थियौ भन्दै अब उक्त बिशाल बजार सुरक्षित रहेको बताएका थिए ।

स्रोत : सीएनएन

तस्बिर :डब्लुबिआरसी

प्रतिक्रिया