गोरखाली समाज फ्रान्सबाट सिंराञ्चोकबासीलाई आर्थिक सहयोग

इनेप्लिज २०७५ मंसिर ६ गते १५:०९ मा प्रकाशित


गोरखा जिल्ला, सिरानचोक गाऊपालिका-४ निवासी श्री शिव हमाल तथा श्रीमती प्रतिमा हमाल देवकोटाका वर्ष १२ का सुपुत्र प्रसिद्ध हमालको दुवै मृगौलामा समस्या देखिई फेर्नु पर्ने भएकोले सम्वन्धित परिवारको आर्थिक अवस्था कमजोर भएको र सहयोगकोलागि यस समाजलाई अनुरोध गरे अनुसार गोरखाली समाज फ्रान्सले फ्रान्समा बस्ने सम्पुर्ण नेपालीहरुमा सहयोगको अपिल गरेको थियो। फ्रान्सका बिभिन्न सहयोगी मनहरु, नेपाली संघ संस्था हरु बाट जम्मा १४५६€(एक हजार चार सय छपन्न यूरो) (नेपाली रू.१,८७,४००/-(एक लाख सतासी हजार चार सय) आर्थिक सहयोग संकलन भएको थियो। संकलित रकम गोरखाली समाज फ्रान्सका सल्लाहकार श्री सुक गुरुंगको धर्मपत्नी तथा यस समाजकी बरिष्ट सदस्य -:श्रीमती बर्ताकुमारी गुरुंगको हातबाट मेघा टेलिभिजनको कार्यालय, काठमाडौंको कार्यकक्षमा बिरामी तथा त्यहाँका पदाधिकारीहरूको उपस्थितिमा संबन्धित परिवारलाई हस्तान्तरण गरेको छ । यस रकम संकलनको संयोजन गोरखाली समाज फ्रान्सका सदस्य श्री सुजन बाँनिया ले गर्नुभएको थियो। यस पुण्य कार्य प्रति गोरखाली समाज फ्रांन्स र हमाल परिवार आभार प्रकट गर्दछ।

गोरखाली समाज समाज फ्रान्सको स्थापना काल को ८/९ महीना भित्रमा यो पुण्डय कार्य समाजको चौथो कार्य हुन आएकोछ । गतः जुलाई महिनाको शुरुमा बन भोज कार्यक्रम् गरेर आफ्नो सामाजिक क्रियाकलाप र परिचय स्थापना गरेको समाजले जुलाइकै अन्त्यमा पूर्ब प्रधान मन्त्री एबम गोरखाका सांसद डा. बाबुराम भट्टराई र गैर आबासीय नेपाली संघ अन्तर्राष्टिय अध्यक्ष गोरखाली भवन भट्टलाई पेरिसमा स्वागत गरेर अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो भने गतः आइतबार ११ नोभेम्बरका दिन पेरिसमा भब्य देऊश्री- भैली कार्यक्रम पनि उल्लासमय बाताबरणमा सम्पन्न गरेकोछ । ज्ञात हवस कि गोरखा जिल्लाको बिकास निर्माणमा र गोरखालीको सुख दुखमा सहयोग गर्नु र फ्रान्समा बस्ने गोरखालीलाई सक्दो सहयोग गर्नु गोरखाली समाजको प्रमुख उदेश्य मध्य एक रहेको छ।

प्रतिक्रिया