उपप्रमुख गुरुङ गोर्खाली ताराबाट सम्मानित
कास्की, मङ्सिर ६ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित हुनुभएको छ ।
समाजमा शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको क्षेत्रमा उपप्रमुख गुरुङले पु¥याएको योगदानलाई कदर गर्दै गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा बुधबार साँझ आयोजित कार्यक्रममा उहाँलाई ‘गोर्खा तारा २०७५’ बाट सम्मान गरेको हो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य मीना गुरुङ तथा प्रालिका अध्यक्ष हरिकुमार धमलाले उपप्रमुख गुरुङलाई सम्मानपत्र, दोसलाको साथमा गोर्खा ताराको अवार्ड प्रदान गरी सम्मान गर्नुभएको थियो । त्यस्तै गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार ९गोल्ड मेडल० बाट पत्रकार दीननाथ बराल सम्मानित हुनुभएको छ । उहाँ पत्रकार महासङ्घ कास्कीका सहसचिव हुनुहुन्छ ।
उपसभामुख शर्माले देशमा स्थिर सरकार बनेसँगै लगानीमैत्री वातावरण सिर्जना भएकाले निर्धक्कका साथ उद्योग व्यवसायको क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आह्वान गर्नुभयो । उपप्रमुख गुरुङले महिला तथा बालबालिकाको हकहित र महिला सशक्तीकरणका लागि उपप्रमुखसँग महिला कार्यक्रम महानगरले ल्याएको भनाइ राख्नुभएको थियो ।
धरानबाट आफ्नो व्यवसाय शुरु गरेको गोर्खा बराहको पोखरा, काठमाडौँ, चितवन तथा देश बाहिर पनि शाखा सञ्चालनमा छन् ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया