बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:३९
वासिङटन डिसी 05:54

अमेरिकामा “धन्यवाद दिवस”को संघारमा स्वास्थ्य सेवाका दानवीर संस्थापकले कर्मचारीलाई २ करोड डलर प्रदान

इनेप्लिज २०७५ मंसिर ६ गते २:२२ मा प्रकाशित

मानिसको मन पग्लनु मात्र पर्छ,मुठी खोलेर दिन्छन भन्ने प्रमाणित अमेरिकाका फिलाडेलफिया का एक स्वास्थ्य सेवाका संस्थापकले गरेका छन् । अमेरिकामा नोभेम्बर २२ ,२०१८ तारिखका थाङ्क्स गिभिंग डे अर्थात् धन्यवाद दिवस मनाइदैछ ।

“धन्यवाद दिवस “को संघारमा आफ्ना सयौ कर्मचारीलाई एक अतिथि गृहमा बोलाएर २० मिलियन डलर ( २ करोड डलर )तपाईहरुलाई एउटा बिदाको कोशेली स्वरुप शुद्ध धन्यवादको रुपमा दिएको भन्दै हस्तान्तरण गरेका छन् ।

होम हेल्थ केयर कम्पनि का संस्थापक तथा सभापति मार्क बैयाडाले त्यति ठुलो रकम प्रदान गरेका छन् । उनले १९७५ मा अमेरिकाको फिलाडेलफियामा स्थापित गरेका थिए । झन्डै उनको उक्त निजि प्रतिष्ठान १.४ अर्ब डलर सम्पत्तिको रहेको छ भने उनले गत मंगलबार नोभेम्बर २० तारिखमा सबैलाई आश्चर्य बनाउदै हस्तान्तरण गरेका हुन् ।

उनले म २० मिलियन डलर अर्थात् २ करोड डलर सबैमा बाढ्न चाहन्छु भनेको समाचार फिलाडेलफियाको स्थानीय समाचारले लेखेको छ । उनले फिलाडेलफियाको बेलेभु होटलमा दिवा भोजनमा उक्त घोषणा गरेका हुन् ।

उनले आफ्ना कर्मचारीलाई यहाँहरुले आफ्ना ग्राहकलाई पुर्याउनु भएको सेवा प्रति म आफू केही कृतज्ञता देखाउन चाहन्छु । उक्त रकम ३२ हजार कर्मचारीलाई कति बर्ष काम गरेको आधारमा बितरण हुनेछ ।

नया भर्ना भएका कर्मचारीले पनि कम्तिमा ५० डलर देखि कति बर्ष सेवा गरेको छ त्यस अनुसार विभाजित १० औ हजार सम्म कर्मचारीले पनि पाउने याहु समाचारले लेखेको छ ।

यसको साथै सन् २०१० मा प्रतिष्ठान (कम्पनि )छोडेकालाई पनि वितरण गरिने र पाउने भएको समाचार छ । उनले उक्त घोषणा गर्दा आँखा भरि आँसु रसाएका थिए भने उनले आफ्नो ब्यापारलाई गैर मुनाफा संस्थाको रुपमा परिवर्तन गर्ने घोषणा गरेका थिए । उनले अगाडी भने गैर मुनाफा संस्थालाई धेरै पैसा चाहिदैन र मुनाफा रहित संस्था दिर्घजिवी हुने बताएका थिए ।

तस्बिर स्रोत : बयाडा होम हेल्थ

 

प्रतिक्रिया