ग्रेटर वाशिंगटन तमु(गुरुङ )समाजले ल्होछारलाई सभ्य तथा भब्य बनाउन बिभिन्न उपसमिति गठन

इनेप्लिज २०७५ मंसिर ६ गते ०:२३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत रहेको ग्रेटर वाशिंगटन तमु(गुरुङ )समाजले डिसेम्बरमा मनाउन गइ रहेको ल्होछारलाई अझ सभ्य तथा भब्य बनाउन उपसमिति गठन गरेको छ । केही दिन अगाडी सल्लाहकार नेत्र गुरुङको भर्जिनियाको हरनडन शहर स्थित निवासमा बसेको मूल आयोजक समितीको बिशेष तयारी बैठक बाट उक्त निर्णय गरेको छ । सभापति सुरेन्द्र गुरुङको सभापतित्वमा बसेको बैठकले हाललाई ५ उप समिति बनाएको छ ।

जस अनुसार अतिथि सत्कारमा सुरेन्द्र गुरुङ तथा नन्द गुरुङ तथा साथीहरु ,स्वयम् सेवामा सुरज गुरुङ र साथीहरु ,खान व्यवस्थापनमा चन्द्र कुमारी गुरुङ र साथीहरु ,मूल द्वारमा टिकट बेचबिखनमा यमन गुरुङ र साथीहरु तथा साँस्कृतिक तथा उद्घोषण मा बिन्ति कुमार गुरुङ तथा तोशिबा गुरुङलाई जिम्मेबार दिइएको छ ।

केही समय अगाडी समाजले आउदै गरेको महान पर्व “तमु ल्होछार ” फोल्हो (मृग वर्ग)को उपलक्ष्यमा भव्यताको साथ मनाउने निर्णय गरेको थियो भने यसलाई निरन्तरता दिएको छ । साथै संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार नन्द कुमार गुरुङको संयोजकतत्वमा तमु ल्होछार मूल आयोजक समिति समेत गठन गरेको थियो ।

ल्होछार पर्व आगामी डिसेम्बर ३० तारिख आईतबारका हरनडन सामुदायिक केन्द्र ,हरनडनमा हुने छ ।

प्रतिक्रिया