शनिबार, असोज ९ २०७८
काठमाडौं ०२:१५
वासिङटन डिसी 16:30

यम बरालले डिसी तताउने

इनेप्लिज २०७५ मंसिर ५ गते २३:२७ मा प्रकाशित

लामो समय पछि लोकप्रिय कलाकार यम बरालको डिसी क्षेत्रमा प्रस्तुति हुने भएको छ । उनले जाडो मौसममा डिसी क्षेत्र तताउने भएका छन्  । ईनास अमेरिकाको आयोजना डिसी महानगर क्षेत्रमा हुन् लागेको यम बराल साँस्कृतिक कार्यक्रमको तयारी लगभग पुरा भएको छ ।

आयोजकले जानकारी दिए अनुसार उनको प्रस्तुति संगै स्थानीय कलाकरहरुको पनि प्रस्तुति रहने छ । नोभेम्बर २४ तारिख शनिबार तन्दुरी नाइट्स चमेना गृहमा कार्यक्रम हुने छ । साथै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाका अध्यक्ष आनन्दु लामाले हाम्रो देश नेपाल अनि हामि नेपाली श्रष्टालाई सम्मान गर्न सिकौ भन्ने नारा साथ ईनास अमेरिकाले राख्दै यस क्षेत्रमा बसोबास गर्ने सबैलाई अध्यक्ष लामाले आग्रह गर्नु भएको छ ।

कार्यक्रम साँझ ६:३० देखि सुरु हुने छ । टिकट प्रवेश शुल्क २५ डलर राखिएको छ । सांगीतिक साँझमा मनोरंजन गर्न पनि पाइने र रात्रि भोजनको व्यवस्था पनि उक्त २५ डलरले हुने आयोजकले बताए ।

प्रतिक्रिया