बुधबार, असोज ६ २०७८
काठमाडौं ०७:१५
वासिङटन डिसी 21:30

नेवा:अर्गनाइजेसन अफ अमेरिका (एनओए)को नेपाल सम्बत ११३९ समारोहको भब्य तयारी

विजय थापा २०७५ मंसिर ५ गते २२:५९ मा प्रकाशित

सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवा:अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले नेपाल सम्बत ११३९ समारोह मनाउन भब्य तयारी गरि रहेको जनाएको छ । आगामी दिसम्बर १ का दिन मेरिल्याण्ड राज्यको बेथेस्डामा हुने भएको छ । उक्त शहरको वेस्टल्याण्ड माध्यमिक बिद्यालयमा कार्यक्रम हुनेछ ।

संस्थाले यस पटक यो समारोह स्वर्गीय पदम रत्न तुलाधरको सम्झनामा समर्पित गरिने जनाएको छ भने उक्त दिन समबेदना समारोह तथा उनका जीवनी समेत प्रस्तुत गरिने एनओएका सभापति पुस्कर प्रजापतिले ईनेप्लिजलाई बताए ।

समारोहमा सांस्कृतिक कार्यक्रममा प्रसिद्ध कलाकरहरु संजिप प्रधान ,सृजन ताम्राकार ,शिव राज जोशी ,पासा ब्याण्ड तथा स्थानीय अन्य कलाकारहरुको प्रस्तुति हुने छ । समारोह प्रारम्भ ४:३० बजे देखि हुने र अन्त्य राती ९:३० बजे हुने छ । अग्रिम रुपमा टिकट लिने व्यवस्था मिलाईएको छ भने अग्रिम रुपमा लिनेलाई २० डलर तोकिएको छ भने सोही दिन ढोकामा लिन चाहेमा २५ डलर राखिएको छ । साथै आजीवन सदस्यहरु तथा बिद्यार्थीलाई केवल २० डलर राखिएको छ ।

१० बर्ष भन्दा मुनिका बालबालिकालाई निशुल्क प्रवेश गरिने छ । समारोहमा नेवा समुदायको समयबजी तथा भ्वय(सामूहिक रात्री भोजन) सुकुन्दा जुलुस/झाकी ,प्रत्यक्ष संगीत कार्यक्रम ,प्रत्यक्ष धिमे नृत्य ,नेपाल भाषा नाटक लगायत सांस्कृतिक कार्यक्रम हुने छ ।

र यस क्षेत्रमा बसोबास गर्नु हुने सबै समुदायलाई सहभागिता हुन् अध्यक्ष पुस्कर प्रजापति ,समिति पदाधिकारीहरु तथा एनओए परिवारको तर्फ बाट ईनेप्लिज मार्फत सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया