शनिबार, असोज ९ २०७८
काठमाडौं १२:२४
वासिङटन डिसी 02:39

इटालीसँग अमेरिका पराजित, पोलितानोको गोल निर्णायक

इनेप्लिज २०७५ मंसिर ५ गते ४:०७ मा प्रकाशित

लण्डन, ५ मंसिर । इन्जुरी समयको गोलले मैत्रीपूर्ण खेलमा इटालीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले अमेरिकालाई १–० ले हराएको हो ।

इटालीको जितमा इन्जुरी समयको चौथो मिनेटमा मातेओ पोलितानोले गरेको गोल निर्णायक बन्यो । उनी थप खेलाडीको रुपमा मैदान आएका थिए ।

खेल अवधिभर अधिकांश समय बलमा नियन्त्रण इटालीको थियो, तर गोलका लागि इन्जुरी समयसम्म पर्खिनु प¥यो । इटालीले गोलका लागि १६ पटक पोस्ट प्रहार गरेको थियो ।

यस्तै मंगलबार राति नै भएको मैत्रीपूर्ण खेलमा वेल्स अल्बानियासँग १–० ले पराजित भयो । अल्बानियाका लागि बालाजले गरेको गोल नै निर्णायक बन्यो । एजेन्सी

प्रतिक्रिया