राष्ट्रपति ट्रम्प क्लिन्टन तथा कोमेलाई अभियोग लगाउने चाहना भएको खुलासा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हिलारी क्लिन्टन तथा जेम्स कोमेलाई अभियोग लगाउने इच्छा गरेको समाचार बाहिर आएको छ । न्यू योर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्प अमेरिकाका पूर्व विदेश मन्त्रि हिलारी क्लिन्टन तथा एफबिआई का पूर्व निर्देशक जेम्स कोमेलाई कानुन बिभाग मार्फत अभियोग /मुद्धा चलाउन आदेश दिन चाहन्थे भन्ने समाचार सार्बजनिक गरेको छ ।
र यस बिषयमा अमेरिका मात्र नभई बिश्व भरका संचार माध्यमले यसलाई प्राथमिकता साथ समाचार प्रकाशित गरेका छ्न । उनीहरुलाई सन् २०१८ कै बसन्त ऋतुमा मुद्धा लगाउन चाहेको न्यू योर्क टाइम्सले सार्बजनिक गरेको हो ।
तर ट्रम्पलाई व्हाइट हाउस कै परामर्शदाता डोनाल्ड म्याक गाह्नले यसो नगर्न भनेका थिए । उनले एक स्मृतिपत्र (मेमो )लेखि राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्ने तथा आगामी २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा मतदाताहरुले शक्तिको दुरुप्रयोग गरेको भनि मतदानमा हराउन सक्ने भनि सुझाव दिएका थिए ।
यसको साथै राष्ट्रपतिको आदेशलाई न्याय बिभागका अधिवक्ताहरुले यसो गर्न अस्विकार गर्न सक्थे भनी उक्त स्मृति पत्रमा उल्लेख गरेको छ भनि संचार माध्यमले समाचार छापेका छन् ।
स्मरण रहोस ,अमेरिकाका पूर्व राष्ट्रपति रिचार्ड निक्सनको पालामा कैयौ अधिकारीहरुले राष्ट्रपतिको आदेशलाई अस्विकार गरेका थिए । निक्सनले तत्कालिन बिशेष अधिवक्ता आर्चीबाल्ड कक्सलाई निस्कासित गरेका थिए । उनलाई हटाए पछि निक्सनले राजिनामा दिनु परेको थियो ।
ट्रम्प को अवस्थामा न्याय बिभागले अस्विकार गरे कानुनी संकट आउन सक्ने हुने र न्यायाधिसले क्लिन्टन तथा कोमेको मुद्धा नै खारिज गर्न सक्थे भनि उल्लेख गरेका छन् ।
स्रोतहरु : न्यू योर्क टाइम्स,सीएनएन
तस्बिरहरु : सीएनबिसी ,एलएटाइम्स,एनबिसी न्युज
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया