गायक कसपालको पछिल्लो नयाँ गीत ‘मायाको चेक’ बजारमा

इनेप्लिज २०७५ मंसिर ५ गते २:२८ मा प्रकाशित

नेपाली गीत संगीतमा देखिएका भर्सस्टाइल गायक कपिल कसपाल पछिल्लो समय गायनकै माध्यमबाट आफ्नो पहिचान बनाउन सफल व्यक्त्तीत्व हुन् । गायक कसपालको पछिल्लो नयाँ गीत ‘मायाको चेक’ बजारमा आएको छ । भक्तपुर निवासी कसपालका दुई दर्जन बढी गीतहरु रेकर्ड भएका छन् बाल बच्चादेखि युवापीढीँका मन जित्न सफल गायक कसपाल पेसाले स्वस्थ व्यवसायी समेत हुन् । उनको रसिलो ओठ बोल को गीत चर्चित गीत हो । पछल्लो समय ‘मायाको चेक’ बजारमा ल्याएपछी कसपालको चर्चा चुलिएको छ । नेपालको एपीवान टेलिभिजनबाट प्रसारण भैरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलको थियटर राउण्ड सम्म पुगेकी काउली बुढी अर्थात् सन्ध्या बुढाको र कसपालको स्वरमा रहेको यो गीत बजारमा आएपछी चर्चा कमाइरहेका छन् ।

संगीतको बजारलाई बिस्तार गर्ने हो भने, संगीतको कपि राईट, संगीतको रोयल्टि, लगायत बिषयमा संगीतसँग आवद्ध सम्पूर्ण क्षेत्र एक भएर संगीतकर्मीहरुको हितमा काम गर्नुपर्ने कसपालको धारणा छ । सरकारले पनि कलाकारको बौद्धिक सम्पत्तिको हितमा नीति त ल्यायो तर कार्यान्वयन गर्न नसक्दा संगीत क्षेत्रका हस्तीहरुको जिवकोपार्जनमा कठिन हुने गरेको उनको भनाइ छ । संगीत क्षेत्रमा अउनेहरुका लागि पहिलो चुनैति आर्थिक समस्या हुने गरेको कसपालको ठहर छ । ‘अर्थ बिना यो क्षेत्रमा लाग्न नसकिने अवस्था देखे । विभिन्न समस्या झेल्दै आईरहेको छु र अगाडि बढ्ने क्रम जारी छ’ – उनले भने ।

नेपाली चलचित्र को पार्स्व गायन मा आफ्नो भबिस्य बनाउने रहरले गायन क्षेत्रमा आएका कसपाल गायनमा आफुलाई आगाडी ल्याउन त सफल भए तर चलचित्रमा पार्स्व गायनको रहरले भने अझै छाडेको छैन कसपाललाई ।

उपत्यका भएर पनि भक्तपुरका कलाकारलाई मूल संगीतको धारमा जान निकै कठिन रहेको कसपालले बताउनु भयो । भक्तपुरमै रहेर संगीत साधना गर्दै आएका कसपालले भक्तपुरमा संगीत ब्यवसायिक बन्न नसकेको तितो यथार्थ रहेको बताउनु भयो । संगीत क्षेत्रमा लागेर जीवन निर्वाह गर्न पनि निकै कठिन भएका कारण विकल्पमा व्यवसाय पनि सँगै गर्नु परेको कसपालको भनाइ छ ।

‘रसिलो’, ‘आई लभ यू’, ‘मेरो माया तिमिलाई’ लगायत उनले मायाको चेक मात्र होइन दशैंको गीत समेत बजारमा ल्याउनु भएको छ । संगीतको बजार प्रविधि र समयसँगै डिजिटिल बजारमा सिमित बनेको छ । विगतमा जस्तो गीत बेचेर जीविकोपार्जन गर्ने जमाना पनि छैन । युटुव विकल्पको रुपमा आए पनि अर्थिक उपार्जनका लागि भरपर्दो छैन । संगीतको बजारलाई बिस्तार गर्ने हो भने, संगीतको कपि राईट, संगीतको रोयल्टि, लगायत बिषयमा संगीतसँग आवद्ध सम्पूर्ण क्षेत्र एक भएर संगीतकर्मीहरुको हितमा काम गर्नुपर्ने कसपालको धारणा छ । सरकारले पनि कलाकारको बौद्धिक सम्पत्तिको हितमा नीति त ल्यायो तर कार्यान्वयन गर्न नसक्दा संगीत क्षेत्रका हस्तीहरुको जिवकोपार्जनमा कठिन हुने गरेको उनको भनाइ छ । संगीत क्षेत्रमा अउनेहरुका लागि पहिलो चुनैति आर्थिक समस्या हुने गरेको कसपालको ठहर छ । ‘अर्थ बिना यो क्षेत्रमा लाग्न नसकिने अवस्था देखे । विभिन्न समस्या झेल्दै आईरहेको छु र अगाडि बढ्ने क्रम जारी छ’ – उनले भने । संगीत बौद्धिक सम्पत्ति भएका कारण यसलाई अर्थसँग तुलना गर्ने परिपाटिको अन्त्य हुन पर्छ । कलाकारलाई कलामै रम्ने वातावरण श्रृजना गर्ने तर्फ सबैको ध्यान जान आवश्यक छ ।

कसपाल भक्तपुर साँस्कृतिक समाजमा उपाध्यक्ष समेत हुन् भक्तपुरमा बेला मौकामा विभिन्न खालका साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने जस्ता इभेन्टहरु आयोजना गर्दै आएका छन् । गत बर्ष स्वर सम्राट नारायण गोपाल ज्यु को सम्झना मा एतिहासिक भब्य नारायण गोपल स्मृति साझ -२०७४कार्यक्रम को संयोजन गरेका थिए साथै यहि पौष ७ गते सनिवार वरिष्ठ गायक दिपक खरेल ज्यु को सम्मान मा दिपक खरेल एकल साझ-२०७५ को भब्य आयोजना गर्दै छौं गायक कपिल कसपाल ले भन्नु भयो।।हामी भक्तपुर मा पनि रास्टृ साङीतिक कार्यक्रम हरु हुन सक्छन् भन्ने देखाउन चाहन्छौं र भक्तपुर का कलाकार लाई पनि नेपाली सङीत को मुलधार मा समाहित गर्न चाहन्छौं ।। भन्छन् – अब संगीतको मूलधारमा आएर बाँकी जीवन संगीतमै समर्पण गरेर अघि बढ्ने चाहाना छ । अवशरको पनि खोजीमा छु ।सबै को माया, हौसला र प्रेरणा ले सङीत मा निरन्तर लागी रहनेछु ।।

प्रतिक्रिया