मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:२९
वासिङटन डिसी 03:44

राष्ट्रपति ट्रम्पकि सुपुत्री इभाङ्काले सरकारको कामकाजको लागि निजि इमेल( बि-डाक)प्रयोग गरे पछि हंगामा

इनेप्लिज २०७५ मंसिर ४ गते ११:५५ मा प्रकाशित

अमेरिकाका राष्ट्रपतिकी सुपुत्री ईभांका ट्रम्प ले सरकारको कामकाजको लागि निजि इमेल( बि-डाक)प्रयोग गरेकोमा हंगामा मच्चिन थालेको छ ।

वाशिंगटन पोस्टले उक्त सोध खोज र अनुसन्धान गरि उक्त सत्य र तथ्य बाहिर ल्याएको हो । इभाङ्काले गत बर्ष २०१७ मा निजि बिधुतिय डाक (इमेल) गरेको खुलाशा गरेको छ ।

यो बिषयले निकै चर्किने सम्भावना पनि रहेको छ । राष्ट्रपति ट्रंपले पूर्व राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनलाई यसै मुद्धालाई भजाएर उनलाई यो मुद्धाले पनि केही समर्थन मिलेको थियो । जसको थुप्रै कारण मध्ये एक यसले पनि हिलारी क्लिन्टनलाई पराजय बनाएको थियो ।

उनले चुनावी मैदानमा क्लिन्टनले व्यक्तिगत रुपमा हजारौ को संख्यामा बिधुतिय डाक (इमेल) पुर्याएको भनि सुगा रटेको झैँ गरेका थिए । पटक पटक जहाँ पनि यहि बिषयलाई चुनावी प्रचार प्रसारमा भजाउथे ।

अहिले पनि यसलाई कहिँ कही उनले भजाई रहेका छन् । केहि समय अगाडी उप राष्ट्रपति माइक पेन्सले पनि निजी बिधुतिय डाक प्रयोग गरेको संचार माध्यमले खुलासा गरेका थिए ।

सन् २०१६ को निर्वाचन को प्रचार प्रसारमा हिलारी क्लिन्टन लाई ” लक हर अप ” अर्थात् उनलाई हिरासत या थुन भन्ने नारा रिपब्लिकनका समर्थक तथा जुलुसमा आएकाले नारा लगाउथे ।

वाशिंगटन पोस्ट का अनुसार इभाङ्काले सयौ यस्ता डाक प्रयोग गरेको पत्ता लगाएको छ । यसको सर्बत्र चर्चा परिचर्चा भै रहेको छ ।

स्रोत: वाशिंगटन पोस्ट। सीएनएन

प्रतिक्रिया