बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:०४
वासिङटन डिसी 22:19

राष्ट्रपति ट्रम्पको “नो एसाईलम” आदेशमा रोक

यादवराज जोशी २०७५ मंसिर ४ गते १०:१९ मा प्रकाशित

सन फ्रान्सिस्कोका एक संघिय न्यायाधीसले अमेरिका मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्नेमाथि लगाएको “नो एसाईलम” आदेशमा रोक लगाएका छन् । राष्ट्रपति ट्रम्पले नोभेम्बर ९ मा ९० दिनभीत्र अमेरिका मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्नेले एसाईलम आवेदन गर्न नपाउने आदेश जारी गरेका थिए ।

सन फ्रान्सिस्कोको जिल्ला अदालत (डिस्ट्रक कोर्ट) का संघिय न्यायाधीस जोन एस टिगरले अस्थायीरुपमा उक्त आदेश सोमबार बदर गरेका हुन् । अमेरिकन सिभिल लिवर्टी युनियन र सेन्टर फर कन्स्टिच्युस्नल राईट्सले राष्ट्रपति ट्रम्पको “नो एसाईलम” आदेशविरुद्ध मुद्दा दायर गरेका थिए । दक्षिण अमेरिकाबाट हजारौ संख्यामा मानिस अमेरिकातर्फ आईरहेको थाहा पाएपछि ट्रम्प सरकारले नोभेम्बर ९ मा उक्त निर्णय लिएको थियो ।

“सीमा पार गर्ने सबैले एसाईलम गर्न पाउनु पर्छ,” सेन्टर फर कन्स्टिच्युस्नल राईट्सका वकिल बहेर आजमीले भने । उता डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले निर्धारित स्थानबाट अमेरिका प्रवेश गर्नेले मात्र एसाईलम गर्न सक्ने बताएको छ । “मानिसहरु आफ्नो देश वा मेक्सिकोमा डर र त्रासको स्थितीमा छन्, उनीहरु निर्धारित नाकाबाट प्रवेशका लागि कुर्न सक्दैनन,” आजमीले भने ।

डिएचएसले सोमबारसम्ममा मेक्सिकोबाट सीमा पार गर्ने एकसय ७० जनालाई पक्राउ गरेको छ । करिव तीनहजार मानिस दक्षिण अमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा सहर तिवाना आई पुगेका छन् । वर्षेनी करिव ७० हजार दक्षिण अमेरिकीले निर्धारित सीमाबाट पसेर अमेरिकामा एसाईल आवेदन गर्छन ।

ट्रम्प आप्रवासीप्रति कठोर रवैया अपनाउदै आएका छन् । राष्ट्रपति भए लगत्तै उनले इमिग्रेसन सम्वन्धी मुख्य चारवटा अध्यदेश जारी गरेका थिए । सन् २०१७ मा जारी अध्यदेशमा इन्टेरियर एण्ड बोर्डर इनफोर्समेन्ट, मुस्लीम ब्यान, मुस्लीम ब्यान २.० र फाईट ब्याक थिए । ति मध्ये अध्यदेश अदालतले बदर गरेको थियो ।

यसैगरी, एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टिपिएस समाप्त गर्ने ट्रम्प सरकारको निर्णयलाई पनि संघिय न्यायाधीसले ोक लगाएका थिए । करिव एकहजार सुडानी टिपिएसमा छन् । अदालतको आदेश नभएको भए उनीहरुले नोभेम्बर २ सम्ममा अमेरिका छाडि सक्नु पर्ने थियो । अमेरिकामा टिपिएसप्राप्त करिव तीनलाख विदेशी नागरिक छन्, जसमा नौहजार नेपाली पनि पर्दछन् ।

फोटो क्याप्सनः दक्षिण तथा मध्य अमेरिकी राष्ट्रहरुबाट आएका आप्रवासी आईतबार मेक्सिकोको तिवानामा प्रदर्शन गर्दै ।

स्रोतः एजेन्सीहरु, वासिंटन पोस्ट, सिएनएन, फक्स न्यूज,

फोटो स्रोतः एनपिआर

 

प्रतिक्रिया