डीसी महानगर क्षेत्रमा “धन्यवाद दिवस”को लागि कुन समयमा राजमार्गमा हिड्नु उपयुक्त ?
“धन्यवाद दिवस”थ्याङ्कसगिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रुपमा मानिन्छ । यो अमेरिका र क्यानडामा मनाइन्छ । अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा यस दिन सार्बजनिक बिदा हुन्छ । वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने हो। यो भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो ।
अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे )भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्रि गरिने हुनाले सामान पसलहरुमा किन्नको लागि मानिसहरुको अत्यधिक भिड हुन्छ । यस दिन अमेरिकामा सबैभन्दा बिक्रि हुने दिन हो ।
अमेरिकामा बिमा,सवारी साधन ,बैंक आदी इत्यादीमा १ सय १६ बर्ष अगाडी देखि नै काम गर्दै आएको ” ट्रिपल ए ‘ AAA नामक संस्थाले सन् २००५ मा देखिएको भिड भन्दा ज्यादा हुने जानकारी गराएको छ ।
ट्रिपल ए का अनुसार नोभेम्बर २० मंगलबारका दिन ५ बजे देखि राति ७ बजे सम्म सवारी साधन (यातायात)को निकै चाप हुने बताएको छ । बिशेष गरि डिसी महानगर क्षेत्रको अन्तरराज्य ४९५ राजमार्गको फेरोमा निकै भिड हुने भबिष्यवाणी गरेको छ ।
साथै अन्तरराज्य राजमार्ग ९५ मार्गबाट यात्राको कारण ३० देखि ४० प्रतिसत यातायात भिड बेल्टवेमा हुने उल्लेख गरेको छ । उक्त स्थानमा अन्य समयको भन्दा दोव्वर भिड हुने जनाएको छ । धन्यवाद दिवसको अवधिमा कम्तिमा ५४ मिलियन ( ५ करोड ४० लाख ) यात्रीहरुले यात्रा गर्ने जनाएको छ ।
साथै ट्रिपल ए का अनुसार शुक्रबार र शनिबार मा यात्रा गर्नु धन्यबाद दिवस कै दिन(बिहिबार) शुक्रबार र शनिबार उत्तम हुने डब्लटिओपी डटकमले जनाएको छ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया