ताजा समाचार: सिकागोको मर्सि अस्पतालमा गोलीबारी
केहि समय अगाडी सिकागोको मर्सी अस्पतालमा गोली चलेको ताजा खबर प्राप्त भएको छ । एक सुरक्षा अधिकारी माथि गोलि हानेको प्रत्यक्षदर्शी तथा सीबिसएस न्युजले समाचारको प्रत्यक्ष प्रसारण गरि रहेको छ । उक्त मर्सि अस्पताल बाहिर र भित्र व्यापक प्रहरीहरु तैनाथ रहेका छन् ।
र उक्त स्थान खाली गराई रहेको छ भने मानिस सुरक्षित स्थानमा बाहिर आई रहेका छन् । एक महिला उक्त अस्पतालबाट आफ्नो बच्चा बोकेर बाहिर ज्यान बचाउन भागेर आउदा उनले एक भन्दा ज्यादा बन्दुकधारी हुन सक्ने भनेर बयान दिएकी छिन् । उक्त अस्पताल भित्र के भै रहेको छ र क्रियाशील बन्धुकधारिको बारेमा पत्ता लागेको छैन ।
गोलि अस्पताल भित्र तथा बाहिर पनि गोलीको आवाज सुनेको प्रत्यक्ष दर्शीले बताएका छन् । एक महिलाले ५ -६ गोलीको आवाज सुनेको बताएकी छिन् । प्रहरीहरुले बन्दुकधारी बाट सतर्क हुन् ढोका लगाएर बस्न अनुरोध गरेको र सुरक्षित हुन् अनुरोध गरेको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया