बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:४०
वासिङटन डिसी 11:55

एनईसीसीले देउसीभैलोबाट एक लाख एक हजार डलर उठायो

विजय थापा २०७५ मंसिर ३ गते ११:४९ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडि नै देउसी प्रारम्भ गरेको एनईसीसीले देउसी बाट १ लाख १ हजार २ सय ६६  डलर संकलन गरेको छ । मेरिल्याण्ड राज्यमा स्थापित नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी)नेपाली पशुपति बुद्ध मन्दिरको पहलमा यस बर्ष देउसी भैलो कार्यक्रमको लागि अग्रिम रुपमा मिति,तिथि,स्थान तथा शहरहरुका नाम सहित सार्बजनिक गरेको थियो ।

स्मरण रहोस एनईसीसीको १८ औ बार्षिक उत्सवमा कुल आम्दानीको ३२ प्रतिसत आम्दानी देउसी भैलो बाट आय आर्जन भएको प्रतिबेदनमा प्रस्तुत गरेको थियो । एनईसीसीका सभापति खिलेन्द्र न्यौपानेले देउसी भैलोलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका थिए ।

एनर्इसीसीले नोभेम्बर ३ देखि नोभेम्बर १८ सम्म सम्म देउसी भैलो खेल्ने तालिका निकालेको थियो भने यस बर्ष ७ दिनमा दुई दर्जन भन्दा ज्यादा स्थानमा खेल्ने भएको जनाएको थियो ।

गत नोभेम्बर १८ तारिख अन्तिम देउसी मेरिल्याण्ड राज्यको गेथर्सबर्गमा खेल्दै करिव १८ हजार डलर उठाएको थियो भने अमेरिकामा जन्मेका दोश्रो पुस्ताले समेतले मन्दिर निर्माण हेतु सहभागीता जनाउदै आफू संग संचित पैसा मन्दिर निर्माणको लागी आर्थिक सहयोग गरेका छन् ।

यसको साथै गत नोवेम्बर १७ तारिख नेपा पास पुच अमेरिकाय(एनपीपीए )को ११३९ नेपाल सम्बत भिन्तुना तथा २७ औ बार्षिक समारोहमा एनईसीसी टोलिले खेलेको देउसीमा २७ बर्ष पुगेको संस्थाका पदाधिकारी तथा अन्य शुभ चिन्तकले २७ हजार डलर प्रदान गरेका थिए ।

यस बर्ष देउसी बिदाको दिन मात्र नभएर अन्य कामको दिन समेत देउसी टोलीले खेलेका देउसी खेलेको थियो । गत नोभेम्बर ३ र ४ पछि एकै चोटी नोभेम्बर ८ ,१० ११ मा खेलेको थियो । पूर्व सूचना दिएर र आमेरिकाको सबैको कामको व्यस्तता लाई मध्य नजर गर्दै बिदाको दिन साइत मिलाएर भाई टिका समाप्त भएता पनि गत नोभेम्बर १८ आइतबारलाई यस बर्षको एनईसीसी देउसी कार्यक्रम सफलतापुर्वक समापन गरेको छ ।

यस पटक डिसी महानगर क्षेत्रका वुडब्रिज ,मनासस ,साउथ राइडिंग,स्यानटीली ,हरनडन ,सेन्टरभिल ,लोर्टन,पशुपति बुद्ध मन्दिर ,गेथर्सबर्ग ,सिल्भर स्प्रिन्ग्स ,चेभी चेज ,फ्रेडेरिक ,जर्मन टाउन ,कोलम्बिया ,मोन्टो गोमेरी भिलेज आदि स्थानमा खेलेको थियो । संस्थाका अध्यक्ष खिलेन्द्र न्यौपानेले खुशी व्यक्त गर्दै डिसी क्षेत्रमा २० -२५ हजार नेपालीहरुको बसोबास भएको स्थानमा केवल २०- २५ घर मात्रमा देउसी खेलेर यत्रो रकम मन्दिरको लागि संकलन हुनु ठुलो कुरा हो समापनमा भन्नु भयो । साथै नेपाली समुदायले देखाएको सहयोग ,उत्साह प्रति नमन गर्दै देउसी टोलिलाई बिशेष धन्यबाद दिनु भएको छ ।

एनईसीसीले बिगत ४ वर्षदेखि खेल्दै आएको छ ।

भैली अनि देउसी :अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए ।

कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो। मानिसहरुले घर-घरमा, गल्ली-गल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेका थिए ।

देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।

प्रतिक्रिया