बुधबार, माघ १२ २०७८
काठमाडौं ०५:१५
वासिङटन डिसी 18:30

एभरेष्ट ते क्वान् डो एकाडेमी लाई १६ स्वर्ण पदक

इनेप्लिज २०७५ मंसिर ३ गते ४:०३ मा प्रकाशित

 

टोरन्टो ओपन ते क्वान् डो च्याम्पियनशिप प्रतियोगिता मा एभरेष्ट ते क्वान् डो एकाडेमी लाई १६ स्वर्ण सहित अपार सफलता। उक्त प्रतियोगितामा नेपाली रेफ्रीहरुको पनि सहभागिता थियो ।

क्यानाडाको टोरन्टो शहर अवस्थित भेराईटि भिलेज को बिशाल हलमाअायोजित टोरन्टो ओपन ते क्वान् डो च्याम्पियनशिप प्रतियोगितामा एभरेष्ट ते क्वान् डो एकाडेमी ले १६ स्वर्ण ७ रजत र ११ काश्य पदक जिती ऊत्क्रिष्ट स्थान हासिल गर्न सफल भएको छ।

 

ते क्वान् डो अन्तराष्ट्रीय रेफ्री एवं प्रशिक्षक मास्टर धिरेन्द्र शाही द्वारा जिटिएको ब्राम्पटन र स्कारवोरोमा सन्चालित २ वटा ते क्वान् डो क्लब का सहभागि ४५ जना खेलाडी हरूले स्पायरिंग तथा पुम्से बिधामा ऊत्क्रिष्ट खेल प्रदर्शन गर्न सफल भएका थिए।

खेलाडीहरुलाई प्रशिक्षक धिरेन्द्र शाही, यादव कुँवर र रबिन जोशीले कोच गर्नुभएको थियो।ऊल्लेखनिय सहभागिता एबम् सफलता हासिल गरेकोमा प्रतियोगिता आायोजक यांग चोंग ते क्वान् डो एकाडेमी ले एभरेष्ट एकाडेमी लाई बिशेष ट्रफि ले सम्मान गरेको थियो।

क्यानाडा लगायत बिभिन्न राष्ट्रका क़रीब ११०० खेलाडीहरुले सहभागिता जनाएका यस् प्रतियोगितामा अन्तराष्ट्रीय रेफ्री शाहीको संयोजकत्वमा अन्तराष्ट्रीय रेफ्रीहरु बद्रि घिमिरे, गोविन्द शर्मा रविन जोशी र अर्जुन के.सी. ले निर्णायकको भुमिका निर्वाह गरेका थिए। एभरेष्टको सहभागितामा नेपाली ते क्वान् डो माष्टरहरु राजु थापा ,निरज पौडेल,गिरी बुढाथोकी,लिला शाही ,अानन्द अर्गेजा, कल्याण कुँवर ले बिशेष सहयोग पुर्याएका थिए।नोभेम्वर १७ र १८ मा संचालित यो प्रतियोगिता क्यानाडाको पुरानो , बृहत एवम् प्रतिष्ठित प्रतियोगितामा गनिन्छ।

प्रतिक्रिया