अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने

इनेप्लिज २०७५ मंसिर २ गते १६:०६ मा प्रकाशित

काठमाडौं – भारतको नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन् । उक्त प्रतियोगीतामा सहभागी हुन महर्जन आज (आइतबार) बिहान त्यसतर्फ उडेका हुन् ।

१८ देखि २४ नोभेम्बर सम्म ६ दिन चल्ने प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने उनी एक्लो सहभागी हुन् । प्रतियोगीतामा प्रत्येक दिन विभिन्नि कार्यक्रम हुनेछ ।
इण्डीया एक्युजिट पिजेन्ट आयोजक रहेको २८ देशको सहभागीता रहने प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गर्नेछन् ।
‘मिस्टर युनिभर्सल एम्बेसडर’लाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो । सुसन महर्जन ‘मिस्टर नेपाल वल्र्ड २०१८’मा ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन् ।

‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको महर्जनले बताए । उनले थपे ‘ कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’

प्रतिक्रिया