चितवनको कालिकाका २४ वर्षे युवक ४ दिनदेखि बेपत्ता, खोजीकार्य तीव्र पारेका छौं – डिएसपी ज्ञवाली
भरतपुर, चितवन, २९ कार्तिक ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ बाग्लुङ्गेटोलका एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । २४ वर्षीय सुदिप सापकोटा गत २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उनी घर नआइपुगेको उनका बुबा गंगा प्रसाद सापकोटाले बताए ।
नारायणगढ बजारमा सामान खरीद गरी पुलचोकबाट करिव बेलुका ५ बजेको समयमा छोरा म्याजिक गाडी चढी क्याम्पस गेटतर्फ गएको र आफू नारायणगढबाट मोटरसाइकलमा गौरीगञ्ज जाने काम भएकोले गएको उनले बताए । क्याम्पसगेटमा म्याजिकबाट छोरा ओर्लिएको जानकारी पाए पनि उनी अहिलेसम्म कहाँ छन्, थाहा हुन नसकेको उनले बताए । भारतको दिल्ली स्थित कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका सुदिपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसा समेत लागि टिकट समेत लिइसकेको र छोरा अचानक बेपत्ता हुँदा परिवारमा रुवाबासी चलेको छ । उनले गत असोज ३ गते प्रेमिका सरिना पोखरेलसँग विवाह समेत गरेका थिए ।
परिवारका २ छोरा मध्ये जेठा छोरा बेपत्ता हुँदा सापकोटा परिवार मात्र होइन स्थानीयहरु समेत अचम्मित भएका छन् । छोराको कुनै त्यस्तो बेपत्ता हुनुपर्ने कारण नभएको भन्दै सुदिपको आमा सिता देवी सापकोटाले छोराको खोजी गरिदिन सबैसँग आग्रह समेत गरेकी छन् ।
बेपत्ता भएका सुदिपको मोबाइलमा ब्याट्रीको चार्ज कम रहेको र सामान किनेर फर्कने क्रममा मोबाइल भरतपुर क्षेत्रमै स्वीच अफ भएको हुन सक्ने उनका बुबा गंगा सापकोटाले बताए । त्यसपछि आफू गौरीगञ्जबाट फर्किएर घर आउँदासम्म छोरा घर नआई पुग्दा अचम्मित भएको उनले बताए । त्यसपछि उनले प्रहरीलाई खबर गरी स्थानीयहरु सहित जंगल क्षेत्र हुँदै भरतपुर एवम् नारायणगढ क्षेत्र छोरा खोज्न गएको उनले बताए ।
खोजीकार्य तीव्र पारेका छौं – डिएसपी ज्ञवाली
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धानका साथसाथै खोजी कार्य समेत गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । प्रहरीले सुदिपको टेलिफोनको कल डिटेल लिएको र थप अनुसन्धान गरिरहेको उनले बताए । साथै जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले भोजाड पदमपुर खण्डको जंगल क्षेत्रमा पनि दैनिक रुपमा खोजतलास एवम् सर्च अभियान गरेको समेत उनले बताए ।
स्थानीय युवक सुदिप सापकोटा बेपत्ता भएपछि उनको गाउँघरमा समेत सन्नाटा छाएको छ । स्थानीयहरु दैनिक उनको घरमा जम्मा हुने, जिल्ला प्रहरी कार्यालयमा गई घटनाको बारेमा जानकारी लिने र जंगल क्षेत्रमा खोजी कार्यमा समेत जुटेका छन् । घटनाको सन्दर्भमा चितवनका क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेश सभाका सांसद घनश्याम दाहालले पनि चासो दिइ जिल्ला प्रहरी कार्यालय चितवनमा पुगी घटनाको बारेमा यथार्थ पत्ता लगाई खोजी कार्य तीव्र बनाउन प्रशासनलाई अनुरोध समेत गरेका छन् । विभिन्न व्यक्ति तथा संघ संस्थाद्वारा सामाजिक सञ्जाल मार्फत बेपत्ता सुदिप सापकोटाको खोजी गरिदिन भन्दै आग्रह समेत गरेका छन् । साथै देख्नुहुनेले सम्पर्क गराइदिनुहुन अनुरोध गर्दै सयौं प्रयोगकर्ताहरुले आ–आफ्नो फेसबुकमा पोस्ट तथा शेयर गरेका छन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया