मंगलबार, माघ ४ २०७८
काठमाडौं १८:४६
वासिङटन डिसी 08:01

एनपीपीए को नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोह भव्यताको साथ सम्पन्न(भिडियो र तस्बिरहरु सहित )

विजय थापा २०७५ मंसिर २ गते १३:१३ मा प्रकाशित

 

सन् १९९१ मा मुलुक बाहिर सबै भन्दा पहिला नेवा समुदायको पहलमा अमेरिकाको डीसी क्षेत्रमा स्थापित भएको नेपा: पासा पुच: अमेरीकाय(एनपीपीए)को नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोहमा भव्यताको साथ सम्पन्न भएको छ ।

समारोहको प्रारम्भ गणेश पूजा ,नेपाली राष्ट्रिय गान तथा अमेरिकन राष्ट्रिय गानबाट सुरु भएर औपचारिक कार्यक्रम हुदै सांगीतिक प्रस्तुतिसाथ समयबजी साथै मौलिक नेवा: साँस्कृतिक भोज भ्वय(सामूहिक रात्री भोजन )सहित सम्पन्न भयो ।

समारोह मेरिल्याण्डको गेथेस्बर्ग स्थित शेडीग्रोभ मिडल स्कूल ( माध्यमिक बिद्यालय) मा भएको थियो भने लाखे नाच सहित झाँकी प्रस्तुति गरिएको थियो ।

एनपीपीए को नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोहमा सुपर ममको बेजोड प्रस्तुति :

Posted by Enepalese on Saturday, November 17, 2018

समारोहमा वाशिंगटन डिसी स्थित नेपाली दुताबासका आर्थिक सल्लाहकार कैलाश राज पोखरेल प्रमुख अतिथि तथा बिशेष अतिथिमा पूर्व स्वास्थ्य राज्य मन्त्रि तथा नेवा समुदायका अगुवा तीर्थराम डंगोल रहनु भएको थियो ।

प्रमुख अतिथि पोखरेलले आफ्नो भाषा संस्कृती तथा परम्परालाई बिदेशमा पनि जगेर्ना तथा सम्बर्द्धन गर्न एनपीपीएले अहम भूमीका निर्वाह गरेकोमा चर्चा गर्दै शुभकामना दिनु भएको थियो । समारोहमा अतिथिमा पूर्व स्वास्थ्य राज्य मन्त्रि तथा नेवा समुदायका अगुवाले शुभकामना सहित नेपाल सम्बत बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो ।

मेरील्याण्डमा गायिका सपना श्री को प्रस्तुती : हेरेको तिमीलाई आखाले हैन ;

Posted by Enepalese on Saturday, November 17, 2018

कार्यक्रममा बिशेष वक्ताको रुपमा आमन्त्रित संचार सूचना बिज्ञ प्रभाश श्रेष्ठले बिशेष प्रस्तुति गर्दै बिशेष युवा पिढीहरुका लागि प्रेरणादायी तथा उत्प्रेरित सन्देशमूलक कुराहरु प्रस्तुत साथै आफ्ना जीवन संघर्षका संक्षेपमा प्रस्तुति गर्नु भएको थियो ।

संस्थाले बार्षिक समारोहमा प्रकाशित गर्दै आएको स्मारिका दबु पत्रिकाको विमोचन प्रमुख अतिथि ,बिशेष अतिथिले गर्नुको साथै उक्त पत्रिका संरक्षक ,आजीवन सदस्य तथा बिज्ञापन दातालाई प्रदान गरिएको थियो ।

साथै समारोहमा संस्थाका संस्थापक अध्यक्ष राम मालाकार तथा पूर्व अध्यक्षहरु लक्ष्मण प्रधान , सरोज देवी प्रजापति लगायतले एनपीपीएको दिर्घकालिन रुपमा गर्नु पर्ने काम ,कर्तब्य र यसको भूमिका बारेमा बोल्नु भएको थियो ।

मोहनी लाग्ला है गाउलेको बोली ले :

Posted by Enepalese on Saturday, November 17, 2018

कार्यक्रम नेपालबाट आउनु भएकी वरिष्ठ गायिका संगीता शाक्य (थापा) न्यु योर्क बाट आउनु भएकी चर्चित गायिका सपना श्री, न्हुछे डंगोल ,उत्तम श्रेष्ठ तथा प्रजित श्रेष्ठको बिशेष प्रस्तुति रहेको थियो । गायिका सपना श्रीले आफ्नो प्रस्तुति नेवा गीत बाट प्रारम्भ गर्दै आफ्नो प्रसिद्ध गीत हेरेको तिमिलाई आँखाले हैन ,कान्छी है कान्छी ,मोहनी लाग्ला है गीत गाउनु भएको थियो ।

डिसीमा तामाग सेलो :

Posted by Enepalese on Saturday, November 17, 2018

गायिका सपना श्रीले आफ्नो गीत प्रस्तुतिका साथै अन्य कलाकारहरुका साथमा चर्चित गीतहरु मोहनी लाग्ला है, कान्छी है कान्छी तथा कल्ले देला धन मलाई कल्ले देला धन गीतहरुमा एनपीपीएका उप सभापति मनोहर लाल श्रेष्ठ , न्हुछे डंगोल ,उत्तम श्रेष्ठ तथा अन्य कलाकारको साथमा गाउनु भएको थियो । यसै गरि वरिष्ठ गायिका संगीता शाक्य (थापा )ले बुद्ध गीतको साथै दुई वाट नेवा गीत प्रस्तुत गर्नु भएको थियो । सपना श्री को प्रस्तुतिमा दर्शकहरु झुमेका थिए ।

साथै सांस्कृतिक कार्यक्रममा गत दशैँ तिहारको उपलक्ष्यमा कलिवुड नाइट २०१८ मा सर्वत्र चर्चा परिचर्चा पाएको सुपर मम हरुको प्रस्तुति बेजोड रहेको थियो । साथै मगन श्रेष्ठ ,शान्ति श्रेष्ठ लगायत अन्य कलाकरहरुले प्रस्तुत गरेको तामाङ्ग सेलो नृत्य अद्वितीय रहन पुगेको थियो । डिसी क्षेत्रका प्रख्यात नृत्यांगना यज्ञमान शाक्यको बिशेष प्रस्तुति रहेको थियो ।

कल्ले देला मन मलाई कल्ले देला धन ;

Posted by Enepalese on Saturday, November 17, 2018

पासा संगीत मण्डली (ब्याण्ड )स्थानीय कलाकारहरुको बिशेष प्रस्तुतिको साथै नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी) को देउसी प्रस्तुति पनि रहेको थियो । राजु जोशीको सभापतित्वमा नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोह सम्पन्न भएको थियो भने जोशीले आफ्नो नेतृत्वमा अहिले सम्म गरेका कामहरुको बारेमा प्रस्तुति साथ संक्षेपमा जानकारी दिनु भएको थियो ।

लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

एनपिपिए को कार्यकममा वरिष्ठ गायिका संगिता शाक्य (थापा )बु्द्ध गीत गाउदै :

Posted by Enepalese on Saturday, November 17, 2018

यज्ञमान शाक्य को बिशेष प्रस्तुति :

Posted by Enepalese on Saturday, November 17, 2018

प्रतिक्रिया