नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस
काठमाडौँ, मङ्सिर २ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ । विस २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन हुन नसकेपछि अन्योल देखिएको हो ।
काङ्ग्रेस बैठकले सहमतिमा नेविसङ्घको विधान पारित गर्ने र महाधिवेशनका लागि नेविसङ्घको वर्तमान कार्यसमितिको अवधि दुई महीना थप गर्न सक्ने प्रवक्ता शर्माले बताउनुभयो ।नेविसङ्घको हालको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने र सो समयमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति विघटन हुने प्रावधान छ ।
काङ्ग्रेस बैठकले तीन महीनाको थप अवधिलाई पाँच महीना बनाई स्वतः विघटनको सङ्घारमा पुगेको नेविसङ्घको वर्तमान कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयवधि दिनेछ । यस सम्बन्धमा पार्टीमा सहमति जुट्ने प्रवक्ता शर्माले विश्वास व्यक्त गर्नुभयो । नेविसङ्घका बारेमा निर्णय लिन शनिबार बोलाइएको काङ्ग्रेस बैठकमा सहमति हुन नसकेकाले सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा नेविसङ्घका नेता कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । यसअघि संस्थापन पक्ष नेविसङ्घको वर्तमान कार्यसमितिको म्याद थपेर महाधिवेशन गर्न दिने पक्षमा थियो भने संस्थापन इतर पक्षको भने वर्तमान कार्यसमिति भङ्ग गरेर महाधिवेशनका लागि तदर्थ समिति बनाउनुपर्ने माग थियो ।
आइतबारको बैठक अघि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित निर्देशक समितिले विधान परिमार्जनलगायत विषयमा छलफल गरेको थियो । विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो । (रासस)
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
प्रतिक्रिया