आइतबार, पुष १ २०७५
काठमाडौं १०:१८
वासिङटन डिसी 23:33

एनपीपीए को नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोह आज

इनेप्लिज २०७५ मंसिर १ गते ११:५३ मा प्रकाशित

नेपा: पासा पुच: अमेरीकायको नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोहमा आज मेरिल्याण्ड हुदैछ । कार्यक्रमको लागि न्यु योर्क बाट सपना श्री, न्हुछे डंगोल ,उत्तम श्रेष्ठ तथा प्रजित श्रेष्ठ लगायत आउने भएका छन् । यसको साथै उत्तम श्रेष्ठ ,संगीता शाक्य (थापा )पासा ब्याण्ड तथा स्थानीय कलाकार लगायतको बिशेष प्रस्तुति हुने छ ।

कार्यक्रमको द्वार २ बजे खोलिने र कार्यक्रम २:३० देखि गणेश पूजा बाट सुरु भएर औपचारिक कार्यक्रम हुदै सांगीतिक प्रस्तुति साथ १० बजे सम्पन्न हुने छ । आज नोभेम्बर १७ का शनिबारका मेरिल्याण्डको गेथेस्बर्ग स्थित शेडी ग्रोभ मिडल स्कूल ( माध्यमिक बिद्यालय) मा हुने छ ।

नेपाल सम्बत तथा बार्षिक समारोहमा सहभागी हुन् चाहनेले अग्रिम रुपमा बिधुतिय प्रणाली (ई रजिस्ट्रेसन )बाट दर्ता गर्न सक्ने छन् । १८ बर्ष भन्दा माथीका उमेरका लागि बिधुतिय प्रणाली बाट ३० डलर तोकिएको छ भने समारोह कै दिन ढोकामा दर्ता गराए ३५ डलर तिर्नु पर्ने छ । साथै संरक्षक तथा आजीवन सदस्यहरुलाई ५ डलर छुट रहको छ ।

यसै गरि ११ बर्ष देखि १८ बर्षका किशोर/किशोरीहरुलाई २५ डलर लाग्ने छ भने उनीहरुलाई ढोकामा ३० डलर लाग्ने छ । १० बर्ष भन्दा मुनिका बालबालिकालाई नि:शुल्क प्रवेश गरिएको छ ।

संस्थाले बार्षिक समारोहमा प्रकाशित गर्दै आएको स्मारिका दबु पत्रिका को विमोचन हुनु को साथै उक्त पत्रिका संरक्षक ,आजीवन सदस्य तथा बिज्ञापन दातालाई प्रदान गरिने छ । समारोहमा गणेश पूजा तथा नेवा समुदायको परम्परागत समय बजी बाट कार्यक्रम सुरुवात हुने छ । भिन्तुना जुलुस तथा उद्घाटन कार्यक्रमको साथै सदैव संचालन गरिने मंच(मंच )कार्यक्रम पनि हुने छ ।

राजु जोशीको सभापतित्वमा नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोह हुने छ ।

प्रतिक्रिया