शनिबार, भदौ ४ २०७९
काठमाडौं ०१:११
वासिङटन डिसी 15:26

सरकारले जनअपेक्षाअनुसार काम गर्छ : अध्यक्ष प्रचण्ड

इनेप्लिज २०७५ मंसिर १ गते १०:४७ मा प्रकाशित

जिरी, १ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ ।

आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आउनुभएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
पार्टी एकताको प्रसङ्गमा उहाँले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताउनुभयो । नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता दाहालले बताउनुभयो ।

प्रतिक्रिया