बाल गुरुजी र अध्यात्मको यात्रा।

विनोद रोका, न्युर्योक २०७५ कार्तिक ३० गते २२:५३ मा प्रकाशित

मैले बाल गुरुजीलाई भेटेको छैन। मेनुकाले भरखरै भेटिन ऊहाको निवाशस्थानभच गएर गुरुजीसंग फोटो पनि खिचाईन। अनि मलाई १५ पटक फोन गरिछन मेसेन्जरबाट गुरुजीको दर्शन गराऊनका लागि। तर म ध्यानमा रहेको हुदा ऊठाऊन सकिन। ध्यानबाट निस्कीएपछि मैले कलव्याक गरे। र भिडियोबाट ऊहाको दर्शन पाए अनि आफना भावहरु व्यक्त गरे। ऊहाले आर्शिवाद दिनु भो। मेरा हर्षका आशु बगे। मैले आफुमा ऊहाको औराले स्पर्श गरेको अनुभव गरे।

चिन्नेहरु सोध्नुहुन्छ तपाई ऊहालाई भेटेर मन्त्र वा आर्शिवाद लिन कहिले जानुहुन्छ भनेर। मेरो चिनारी ऊहालाई नभएकै अवस्थामा कलियुगको आदित्य ज्योतिपथ किताब राजुजीबाट मैले न्युर्योकमा पाएको छु। त्यो किताबमा ऊहाले आफनो हस्ताक्षरमा “विनोदजी प्रेम भाव सहित अर्पित” भनि सही गर्नु भएको छ। मैले यस्लाई आस्चर्य पनि मानिन। किनकि आध्याममा विश्वास गर्ने व्यक्तिहरुले यस्ता घटनालाई सामान्य रुपबाट ग्रहण गर्छन। ब्रम्हज्ञानी गुरुहरुमा यो विशेसता हुन्छ नै। त्यस्मा पनि बालगुरु जस्ले ५ बर्षको ऊमेरदेखि ९ बर्षको उमेरका बिचमा दिएका महर्षिका जस्ता ज्ञानामृत र बुद्धत्वको गहिराईमा पुगेका ज्ञानीलेमmै दिने ध्यानका गहिराईका अनुभुती हेर्दा लाग्छ ऊहाको चेतनाले स्पर्स नगरेको के र को होला।

मेरो हालसम्मको बुमmाईले के निस्कर्ष दिन्छ भने म शरिर, मन, र बुद्धि होईन। अनि के हुत ? भन्ने जिज्ञासा ऊठनु स्वभाविकै हो। अहिलेसम्म पढेका अनि सुनेका पुर्विय दर्शनका शास्त्र र गुरुहरुको भनाई वा अनुभवले दिने परिभाषामा कसैले जिवको स्वरुप शुन्य हो भन्छन कसैले चैत्यन्य हो भन्छन। जो न कहिले जन्मन्छ नत मर्दछ। जन्मने मर्ने त शरिर हो। जुन अतृप्त सस्कारको कारण वा प्रारब्धले गर्दा हुने गर्दछ। अनि यो चैतन्य वा शुन्यको अनुभव आफैले आफैमा गर्न सकिन्छ। चैत्यन्य वा शुन्यको अनुभव गर्ने गुरुहरुले आफु भित्र गरेको अनुभव वा सत्य मेरो लागि सत्य भएर पनि सत्य होईन। जबसम्म मैले त्यो आफुमा अनुभव गर्न सक्दीन। यो आफैमा घटित हुने प्रकृयाको साक्षी आफै नभैकन कसरी विश्वास गर्नु र?

यो आध्यामीक बाटोमा हिडने क्रममा मेरा धरै गुरुहरु हुनु भएको छ। मेरो मष्तिस्कमा जस्को भनाईले छाप छोडयो ऊहा पनि मेरो गुरु हो। म सबैलाई विश्वास गर्छु। धोखा दिने वा ठग्नेले पनि केही शिक्षा नै दिएका छन। यद्यपि यसबाट केही आर्थिक नोक्सानी र मानसिक तनाव भयो होला। तर जिवन गएको छैन। यसै क्रममा एक जना गुरुजीले मलाई एक दिन भन्नु भयो तपाई त जुन गुरु आएपनि विश्वास गरेर सहयोग गर्नु हुन्छ। गुरुहरु कस्ता हुन ऊनीहरुको बारेमा बुज्नुपर्छ। ऊहालाई मैले भने गुरु कसैले कसैलाई राम्रो भन्दैनन अनि को संंग कस्का बारेमा बुज्नुर। मैले ऊहालाई भने मेरो यही बानी हो गुरुजी जस्ले गर्दा तपाईलाई पनि विश्वास गर्छु यद्यपि कतिजनाले तपाईलाई पनि विश्वास नगर्नु भन्छन।

मेरो के विश्वास छ भने गुरुहरुबाट गरिने र हामीद्धारा देखिने चमत्कारका कुराहरु भनेका केटाकेटीलाई पढाऊने वा सही बाटो देखाऊने क्रममा दिईने मिठाई हुन। त्यस्तै गुरुले गर्ने वा गुरुद्धारा गरिएका चमल्कारी कार्य भनेको धर्मको बाटोमा हिडन प्रेरणा दिने प्रलोभन वा विश्वास हो। गितामा कर्म गर फलको आश नराख भनिएको नियममा म विश्वास गर्छृ। मैले बुज्नुको धर्म भनेको पनि धारणा गर्ने कुरा हो। जसरी नहिडी पुगिदैन त्यसरी नै धर्मका नियमलाई आचरणमा ल्याई हृदयलाई प्रेममयी नबनाए सम्म गुरुले पनि मद्दत गर्न कठिन हुन्छ भन्ने ठान्दछु। अनि साधकले धर्मको आचरण ईमान्दारीका साथ गर्दै जाने हो भने गुरुले आफै आएर वा संयोग मिलाएर मार्गदर्शन गर्नुहुन्छ। मेरो अनुभव त्यस्तै छ। रजनिशले -गुरु भनेको एउटा क्याटलिटिक एजेन्ट हो जस्ले शिष्यमा रहेको दियो जलाऊने कला सिकाई दिन्छ। तर तेल हाली दिदैन। भएको तेल देखाई दिन्छ। बाटो देखाई दिन्छ। काधमा बोकेर हिडदैन। जस्तोकी कालो बादलमा रहेको पानी बर्षनलाई बिजुलीको चमक नभई बर्षदैन।

त्यसैले बालगुरुलाई सशरिर भेटेर दिक्षा नलिई छोडदिन भन्ने हतारमा पनि छैन। ऊहाले कितावमा पनि भन्नु भएको छ “तिमी मसंग स्वर्गमा ऊडन चाहान्छौ भने आफनो हृदयलाई सफा गरी त्यस्मा धडकनका सकारात्मक लय भर…” जुन म गरी रहेकै छु विश्वासका साथ। यदि मलाई यो कामको सिलसिलामा मार्ग निर्देशन वा सहयोगको जरुरत परयो भने गुरुले आफै संयोग मिलाऊनु होला। वा आफनो औराबाट मलाई ध्यानको समयमा सम्प्रेषण गर्नु होला। म प्राणिक हिलिंकको विद्यार्थी पनि भएकोले मलाई यो विज्ञानमा विश्वास छ। किनकि औरा मार्फत टाढा टाढाका व्यक्तिहरुमा सकारात्मक वा नकारात्मक भावहरु सम्प्रेषण गर्न सकिन्छ। हेईन भने मैले आफनो हृदयनै सफा नगरिकन ऊहासंग कसरी उडने ? म के माग्न जाने ? के सोध्न जाने ? पाठै नपढी गएको विद्यार्थीलाई गुरुजीले के सिकाऊने अनि के दिने ? बालगुरुजी अहिलेसम्म केबल २७ जनालाई मात्र दिक्षा दिनु भएको र दिक्षा पाऊनका लागि नाम लेखाऊनेहरुको लामो लिष्ट छ। उहा द्धारा लिखित पुस्तक पढदा दिक्षा दिईएका शिष्यहरुलाई पनि १ प्रतिशत पनि दिक्षाको पालना गर्न नसकेको गुनासो गर्नुहुन्छ रे। अब म यो लाईनमा संख्या बढाऊन मात्रै हतार गरेर किन जानु हृदय सफा नगरिकन।

यो हृदय सफा गर्ने बाटोमा म बिस्तारै हिडदै छु। मेरो मान्यता के छ भने ढिलो हिडे पुगिन्छ कुदेमा भन्न सकिन्छ। यो बाटोको लम्वाई कति छ र गन्तव्यमा कहिले पुगिन्छ सायद कसैले भन्न सक्दैन। त्यसैले इमान्दारी साथ धर्मले बताएको नियममा हिडने कार्य साधकको हो। मलाई लाग्छ यो यात्राको गन्तव्यमा त्यही दिन पुगिन्छ जुन दिन पुगिन्छ। न यो गन्तव्य टाढा छ न त यो नजिक छ। जुन दिन मनको चाहा र बिचार सकिन्छ मलाई लाग्छ त्यसैदिन गन्तव्य पनि हराऊछ। अनि पुग्ने बिलाऊछ पुगिने भित्र जसरी बरफ पानीमा हराऊछ।

मैले काठमाण्डौमा रहदा जिवनको पिडादायीक अवस्थामा संर्घष गरिरहेको थिए। यसैबेला एकजना मित्रबाट विपश्यनाको १० दिवसिय शिविरमा भाग लिने सल्लाह पाए सन १९९३ मा। त्यहि बेला पुज्युगुरु सत्यनारायण गोयन्काज्यु काठमाण्डौमा आऊनु भएको रहेछ र मैले ऊहाको ऊपस्थिती रहेको शिविरमा दिक्षा ग्रहण गर्ने अवशर पाए। त्यसपछि तिनवटा शिविर लिए। सतीपठन लिन्छु भन्ने समयमा १९९८ मा म न्युर्योक आए। अनि निरन्तर यो साधना गरि रहे र यहा पनि एउटा शिविर लिए।

मलाई सत्तिपठन लिन नपाएकोमा केही पुगेन जस्तो लागेको थियो। किनकि मन्त्र, चक्र, र कुण्डलीनी जस्ता प्रकृयाहरुलाई विपश्यना भित्र प्रयोग गर्दा के होला? भन्ने जिज्ञासा जाग्दथ्यो। यहि बिच न्युर्योकमा स्वामी बालकृष्ण काठमाण्डौबाट आऊनुभो। उहाको लागि कार्यक्रम गरियो। उहाको सुन्दा मलाई लाग्यो मैले खोजेको जस्तै गुरु पाए। सायद धेरैले त्यसबेला ऊहासंग दिक्षा लिएनन। मैले पनि त्यो बर्ष लिईन। किनकि केही साधक साथीहरुले ऊहाको उचाई र औरामा संका उठाए। अर्को बर्षपनि ऊहा न्युर्योक आऊनु भो। र मलाई भन्नु भो साधना गर्ने शिष्यहरु हुदैनन। किनकि मान्छेलाई केही नगरि चमत्कारी परिणाम दिने गुरु चाहिन्छ।

ऊहाले भनाईलाई निरन्तरता दिदै भन्नुभो मलाई लागेको थियो तपाई एकजनाले यो साधनाको दिक्षा लिनुहोला भनेर न्युर्योक पसेको हु। उहाले विपश्यना साधानाको चर्चा गर्दै आफनो जिवनका घटेका चमत्कारीक घटनाहरु सुनाऊनुभो। बुद्धको देहावसान पछि त्यही धर्मका अनुयाहीहरुले महायान, हिनयान, र बज्रयान आदि शाखाहरु बनाएको अनि ती शाखामा ध्यानसंगै मन्त्र तन्त्रको प्रयोग हुने गरेको दृष्ठान्त दिदै त्यो सम्प्रदायमा प्रचलित अतियोगको अध्ययन गर्ने सुझाव दिदै आफुद्धारा गरिएको साधना वैदीक धर्ममा आधारित रहेको जानकारी दिनु भो।

मैले ऊहाले भनेका बिषयमा अध्ययन गरे। अनि मलाई लाग्यो गुरु मेरै लागि आऊनु भएको रहेछ। र दिक्षा लिए। यसपछि पनि गुरु डा. रमानन्द गिरी, आत्मानन्द गिरी, नेपाली बाबा, साईबहिनी र अन्य धेरै गुरुजी घरमै आएर मेरा कतिपय धार्मिक जिज्ञासाहरु मेटाई दिनु भएको छ। शीरीडी र पुटृवर्ती जाने शौभाग्य मिलेको छैन। तर साईभक्तहरुको संगत र भजन मण्डलीमा पुगेर साईकृपा पाएको छु। केही साईभक्तहरु त बाबाले सपनामा तपाईकहा जाऊ भनेर आएको पनि भन्ने गर्नुहुन्छ। मैले जिस्कदै भन्ने पनि गरेको छु ख्वै मलाई त त्यसो भन्नु भएन। ऊनीहरुको विश्वासले चिताएको काम पुगेको पनि देखेको छु। किनकि श्रद्धा र सवुरीले मान्छेलाई परिणाम दिने हो।

त्यस्तै रजनिश, सदगुरु, बेनप्रभु, र अन्य गुरुहरु पनि धेरै हुनुहुन्छ। गुरु जिवित वा मृत जो पनि हुन सक्छ। किनकि ऊन्का औराहरु चारैतिर छरिएका छन। ऊनीहरुले बोलेका अनि लेखेका आधारबाट महसुस गर्न सकिन्छ। पंडीत श्रीराम शर्माज्युले यही कुरालाई आफना कृतीहरुमा भन्नु भएको छ। योगीको आत्माकथा आदिमा पनि यस्ता धारणाहरु छन। मैले राजुजी र पन्थीदाईको संगतबाट यही बसेर गायत्री परिवारसम्म पुग्ने अवशर पाएको छु। मेरो दिनचर्यामा गायत्रीमन्त्र अनि योग जोडिएको छ ललितशंकर योगीजीले सिकाईदिएको आशन संगै। यसरी मलाई आवस्यक परेको बेला व्यक्तिगत वा अन्य माध्यमबाट धेरै गुरुहरुले मार्ग दर्शन गराऊनु भएको छ। ऊहाहरु प्रति म आभारी छु।

मैले कुनै गुरुहरुले भनेका कुरामा विरोधाभाष देखेको छुईन। ऊहाहरुले आ आफनो भाषामा पानीको परिचय दिनुह्ुन्छ तिर्खा मेटाऊनका लागि। शव्द फरक छन पानी एउटै। पाऊने भनेको शुख, शान्ति, र आनन्द केवल साधानहरु फरक। हिडने हो भने जुन बाटोबाट गए पनि पुगिन्छ। होइन भने गुरुले देखाएका बाटाहरुको जानकारी केबल पाण्डीत्यताको लागि मात्र हुन्छन। मलाई लाग्छ सबै गुरुले भन्न खोजेको बिषय एऊटै हो जस्लाई शव्दले बाध्न सक्देन। स्वस्थानीको कथामा भनिएको छ ह्जार जिब्रा भएको शेषनागले पनि बर्णन गर्न नसक्ने त्यो निराकार र आकारमा रहेको। दिनपक्ष देखिदा रात पक्ष नदेखिने समस्त चैत्यन्य स्वरुपको व्याख्या कुन गुरुले शव्दमा भन्न सक्ला र। कतिपय गुरुजीहरुले धर्ममा विवाद छ भन्नुहुन्छ। तर म शिव, कृष्ण, अष्टाबक्र, बुद्ध, कविर, महाबीर, मोहम्मद, ईशु, साई, रजनिश, र सदगुरु आदिले धर्मका एसेन्सका बारेमा भनेका कुरामा म कुनै विवाद देखदिन। सायद यो मेरो अल्पज्ञानको कारणले पनि होला। र विवाद देखिने हदसम्मको ज्ञान पनि ममा नआओस कहिले।

प्रतिक्रिया