डिसीमा यम बराल सांगीतिक साँझ हुने
डिसी महानगर क्षेत्रमा चर्चित गायक यम बराल सांगीतिक साँझ हुने भएको छ । उनको प्रस्तुति संगै स्थानीय कलाकार तथा स्थानीय संगीत मण्डली (ब्याण्ड) को पनि प्रस्तुति रहने छ ।
उक्त सांगीतिक साँझ ईनास अमेरिकाको अगुवाईमा हुने छ । कार्यक्रम आगामी नोभेम्बर २४ तारिख शनिबार तन्दुरी नाइट्स चमेना गृहमा हुने छ । कार्यक्रम साँझ ६:३० देखि सुरु हुने छ भने प्रवेश शुल्क २५ डलर राखिएको छ । उक्त रकम सांगीतिक साँझ तथा रात्रि भोजनको लागि राखिएको आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिका अध्यक्ष आनन्दु लामाले जानकारी दिएका छन् ।
हाम्रो देश नेपाल अनि हामि नेपाली श्रष्टालाई सम्मान गर्न सिकौ भन्ने नारा साथ ईनास अमेरिकाले राख्दै यस क्षेत्रमा बसोबास गर्ने सबैलाई अध्यक्ष लामाले आग्रह गरेका छन् ।
लामो समय पछि लोकप्रिय कलाकार यम बरालको डिसी क्षेत्रमा प्रस्तुति हुने भएको छ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया